Wednesday, May 08, 2024

-->

चितवन-१ बाट रास्वपाका ढकाल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल चितवन-१ बाट ३४ हजार एक सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

चितवन-१ बाट रास्वपाका ढकाल निर्वाचित

काठमाडौँ-  चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। उनी नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। त्यस्तै, अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे। 

यस क्षेत्रमा ९५ हजार ४१ मत खसेकोमा तीन हजार छ सय २१ मत बदर भएका छन्।


सम्बन्धित सामग्री