AnonymousUser

Logout

चीन अमेरिकाका लागि खतरा बन्दै गएको पेन्टागनको निष्कर्ष

अमेरिकाले चीनको राष्ट्रिय-परराष्ट्र र आर्थिक नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ, सेना र नागरिक जोडिएको विकास रणनीति, रक्षा र सैन्य नीति, आणविक क्षमतासहित दर्जनौँ विषय समेट्दै प्रतिवेदन सार्वजनिक गरेको छ।

जर्मन संसद्‍मा आक्रमणको योजना बनाएको आशंकामा २५ जना गिरफ्तार

अति दक्षिणपन्थी समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै उपराष्ट्रपति फर्नान्डेजका समर्थकले राष्ट्रव्यापी हडताल गर्ने चेतावनी दिएका छन्।

शून्य कोभिड नीतिको सर्वत्र विरोध भएपछि मापदण्ड खुकुलो पार्दै चीन

कोरोना नियन्त्रणका लागि अख्तियार गरिएको नीतिको विरोध भएपछि चीनले स्वास्थ्य मापदण्डहरू खुकुलो पार्ने भएको छ।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका चोपडादेखि ओलेना जेलेन्स्कासम्म

भारतबाट नायिका प्रियंका चोपडा, एरोनटिकल इन्जिनियर सिरिसा भान्डला, लेखक गीताञ्जली श्री र सामाजिक अभियन्ता स्नेहा जवाले सूचीमा अटाएका छन्।

इन्डोनेसियामा विवाहअघि यौन सम्बन्ध राखे जेल सजाय हुने विवादास्पद विधेयक पारित

विवादास्पद विधेयक संसद्‍बाट पारित गर्न नदिन यसै साता राजधानी जकार्तास्थित संसद् भवनबाहिर अधिकारकर्मीहरूले प्रदर्शन गरेका थिए।

चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको बेइजिङमा अन्त्येष्टि

बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको साेमबार बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।

आठ देश मिलेर बनाउँदै छन् विश्वकै ठूलो रेडियो टेलिस्कोप

अन्तरसरकारी रेडियो टेलिस्कोप निर्माणको प्रारम्भिक चरणको संरचनामा २०० प्याराबोलिक एन्टेना डिसका साथै १ लाख ३१ हजार डाइपोल एन्टेना राखिने छ। यसको आकार ‘क्रिसमस ट्रि’जस्तो हुने छ।

इरानमा 'नैतिक प्रहरी' खारेज

महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने कानूनसम्बन्धमा पनि संसद्ले विचार गर्ने इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीको भनाइ छ।

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट

जाभा टापुको पश्चिमी क्षेत्रमा गएका शृंखलाबद्ध भूकम्पपछि त्यहाँ पुनः ज्वालामुखी विस्फोट भएको हो। यसअघि गतवर्ष सोही स्थानमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको थियो।

ग्यांगस्टर पक्रिन १० हजार सैनिक परिचालन

शहरमा फैलिएको ग्यांगस्टरको आतंक कम गर्न भन्दै मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा सेना परिचालन गरिएको छ।

इजरायली गुप्तचर संस्थामा संलग्न भएको भन्दै इरानले दियो ४ जनालाई मृत्युदण्ड

सन् २०२० मा पनि इरानले त्यहाँको सैन्य बल प्रमुख कासिम सुलेमानीबारे सूचना चुहाएको आरोपमा एक जनालाई मृत्युदण्ड दिएको थियो। केही समयपछि सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा परी मृत्यु भएको थियो।

किन गरिँदैछ २०२३ मा आर्थिक संकट चुलिने प्रक्षेपण?

विश्वले सन् २०२३ मा थप आर्थिक संकट भोग्नुपर्ने आईएमएफको भनाइ छ। विश्वको विकास पाँच गुणाले ओरालो लागेको छ भने महँगी, भोकमरीजस्ता समस्या बढ्दै गएका छन्।

रूस–युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग भेट्न तयार छु: बाइडेन

फ्रान्सका राष्ट्रपति म्याक्रोँले दबाबपूर्ण सम्झौताका लागि युक्रेनलाई कहिल्यै आग्रह नगर्ने विषयमा आफू र बाइडेनबीच सहमति भएको बताएका छन्।

रुस–युक्रेन युद्धमा १ लाख रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनले रुससँगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ।

माउना लोवामा ४ दशकपछि ज्वालामुखी विस्फोट

वर्षमा विश्वभर करिब ६० वटा ज्वालामुखी विस्फोट हुने गर्छन्। तीमध्ये केही हानिकारक हुन्छन् भने केही विनाशकारीसमेत हुने गरेका छन्।

रुसी युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय अदालतलाई ईयूकाे आग्रह

युक्रेनसँगको युद्धका क्रममा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्न ईयूले अन्तर्राष्ट्रिय अदालतसामु माग राखेको छ।

इयूले रूसको रोक्का सम्पत्ति जफत गरेर युक्रेनलाई दिने

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले रूसको रोक्का सम्पत्ति जफत गर्दा प्राप्त हुने रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।

अफगानिस्तानमा महिलालाई पार्क जान प्रतिबन्ध

अफगानिस्तानमा सार्वजनिक स्थल जाँदा तथा यातायातमा यात्रा गर्दा परिवारका पुरुष सदस्यलाई साथमै लैजानुपर्ने, अनिवार्य रूपमा हिजाब र बुर्का लगाउनुपर्नेजस्ता बाध्यकारी नियम लागू गरिएको छ।

चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनमा तियानमेन स्क्वायरको प्रदर्शनपछि जेमिन शक्तिशाली नेताका रूपमा उदाएका थिए। उनी प्रजातन्त्रवादी नेताका रूपमा पनि चिनिन्छन्।