खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका छन्।
अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका र उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।
बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको छ।
रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ।
युक्रेनमा रूसले आक्रमण गरेयता पेन तीनपटक युक्रेन भ्रमणमा गइसकेका छन्।
मध्यावधि निर्वाचनको नतिजाले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आधार तय गर्दछ।
जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको थियो।
आफ्ना ग्राहकका नयाँ र पुराना गरी ९७ लाख तथ्यांकहरू जोखिममा रहेको मेडिब्यांकको भनाइ छ। सो गिरोहले सोमबार फिरौती रकम मागेको तर कम्पनीले दिन अस्वीकार गरेपछि ह्याकिङको धम्की दिएको कम्पनीले बताएको छ।
भारतीय सर्वोच्च अदालतको यस आदेशपछि भारतमा उच्च जातका गरिबले पनि आरक्षणमा दाबी गर्न पाउने छन्।
चालक दलका सदस्यसहित ४३ जना सवार विमान खराब मौसमका कारण आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि गोली चलेको थियो। उनको खुट्टामा गोली लागेको थियो।
दिल्ली महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको हो।
१९० देशका सरकार प्रमुख र प्रतिनिधि सहभागी सम्मेलनमा जलवायु परिवर्तनका कारण भोग्नुपरेको हानिनोक्सानीबारे ठोस प्रगति नभए सम्मेलन शुरू नहुँदै असफल हुने जलवायु विज्ञ र अभियन्ताको चेतावनी छ।
इरानका विदेशमन्त्री हुसेन आमिरले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहोर्याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन्।
दक्षिण कोरिया र अमेरिकी वायुसेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित २४० विमान समावेश छन्।
भारतको ‘आइटी सिटी’ मानिएको बैंगलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ। बसको टिकट काट्न कोही लाइन बस्नुपर्दैन, बसपार्कमा मानिसको भीड हुँदैन।
ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिला मजदुरको मृत्यु भएको हो। महिलाहरू काम सकेर घर फर्किंदै थिए।
नेतान्याहुको पार्टीले संसद्मा ३२ सिट जितेको छ भने उनीसँग गठबन्धनमा रहेको दलले १४ सिट जितेको छ। योसँग नेतान्याहु पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
सरकारमा छँदा काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको बताउने खानले मुलुकमा नयाँ चुनाव चाहन्छन्।