चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।
लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताईवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षामन्त्रालयको दाबी छ।
रुसले युक्रेनी ड्रोन आक्रमणबाट आफ्ना ३ सैनिक मारिएको दाबी गरेको छ। एंगेल्स हवाई सैन्य शिविरमा आक्रमण भएको मस्कोले जनाएको छ।
अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।
भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।
राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।
महिलाको आधारभूत अधिकार हनन गरेको भन्दै राष्ट्रसंघले तालिवानी कदमको विरोध गरेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयले यसलाई विनाशकारी कदम भनेको छ।
टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासले जनाएको छ।
चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।
अमेरिकी संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग डटेर लड्नका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।
तालिबानी सरकार औपचारिक रूपमा स्थापित हुन चाहने हो भने महिलाको शिक्षासम्बन्धी नियममा सुधार ल्याउनुपर्ने पश्चिमा मुलुकहरूले बताएका छन्।
एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ सीईओ को बन्ला भन्ने चर्चा भइरहेको छ।
एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।
क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ भने एक गम्भीर घाइतेलाई अस्पताल भर्ना गरिएको छ।
थाइल्यान्डमा नौसेना सवार जहाज समुद्रमा पल्टिँदा ३१ जना बेपत्ता भएका छन् भने ७५ जनाको उद्धार गरिएको छ।
विस्फोटको कसैले जिम्मा लिएको छैन। घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको सरकारको आशंका छ।
अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ।
भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अति अपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ।
अमेरिकासहित पश्चिमा देशसँग तिक्त कूटनीतिक-आर्थिक सम्बन्ध, रूस-पाकिस्तानसँग मित्रता, ताइवानलाई गाभ्ने रणनीति, हङकङमाथि हस्तक्षेप तथा छिमेकी देशसँगको सीमा विवादजस्ता विषयलाई लिएर चीनको आलोचना हुने गर्छ।
मस्कले आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू, विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।