एन्टोब नेता एवं ठूलो व्यापारी मात्र थिएनन् उनी भ्लादिमिर क्षेत्रका विधायक र क्रेमलिन सरकारलाई समर्थन गर्ने संयुक्त रूसका सदस्य थिए।
चीनमा बढ्दो संक्रमणदर र सीमा खुलाउने चिनियाँ सरकारको निर्णयसँगै अमेरिकासहित विभिन्न मुलुकले चिनियाँ नागरिकको आगमनमा कडा प्रतिबन्ध लगाएका छन्।
अमेरिकी सर्वोच्च अदालतले सीमासम्बन्धी विवादास्पद नीति ‘टाइटल ४२’लाई निरन्तर्ता दिने आदेश दिएको छ। पाँचमध्ये चार जना न्यायाधीशले नीतिलाई तत्कालका लागि निरन्तरता दिने पक्षमा मत दिएका छन्।
दुई हप्ताअघि तालिबान सरकारका शिक्षामन्त्रीले महिला तथा किशोरीलाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको बताएका थिए। उक्त निर्णयको सबैतिर विरोध भइरहेको छ।
अत्यधिक चिसो र हिमपातका कारण अमेरिकामा ६२ जनाको मृत्यु भएको छ।
ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।
चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।
लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताईवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षामन्त्रालयको दाबी छ।
रुसले युक्रेनी ड्रोन आक्रमणबाट आफ्ना ३ सैनिक मारिएको दाबी गरेको छ। एंगेल्स हवाई सैन्य शिविरमा आक्रमण भएको मस्कोले जनाएको छ।
अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।
भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।
राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।
महिलाको आधारभूत अधिकार हनन गरेको भन्दै राष्ट्रसंघले तालिवानी कदमको विरोध गरेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयले यसलाई विनाशकारी कदम भनेको छ।
टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासले जनाएको छ।
चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।
अमेरिकी संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग डटेर लड्नका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।
तालिबानी सरकार औपचारिक रूपमा स्थापित हुन चाहने हो भने महिलाको शिक्षासम्बन्धी नियममा सुधार ल्याउनुपर्ने पश्चिमा मुलुकहरूले बताएका छन्।
एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ सीईओ को बन्ला भन्ने चर्चा भइरहेको छ।
एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।
क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ भने एक गम्भीर घाइतेलाई अस्पताल भर्ना गरिएको छ।