AnonymousUser

Logout

अफ्रिकी देशहरूमा खाद्य सहयोगका लागि १० अर्ब अमेरिकी डलर सहयोग

कृषि विकास, विभिन्न आयोजना सञ्चालन र खाद्यान्न संरक्षणका लागि अफ्रिकी विकास बैंकले १० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने जनाएको छ।

चीनमा कोभिड संक्रमण तीव्र, एक सातामा १३ हजारले गुमाए ज्यान

चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले ८० प्रतिशत चिनियाँमा कोभिडको संक्रमण देखिएको बताएका छन्।

अमेरिकी भिसा पाउन ६ सय दिनसम्म पर्खिन्छन् भारतीय

भिसामा हुने गरेको ढिलाई कम गर्न अमेरिकाले कर्मचारी थप्नेदेखि सेवा अवधि लम्बाउनेसम्मका उपाय अपनाउने बताएकाे छ।

क्यालिफोर्नियामा फेरि गोली प्रहारको घटना, ७ जनाको मृत्यु

क्यालिफोर्नियाको मोन्टरे पार्कमा दुईदिन अघि लुनार नयाँ वर्ष मनाइरहेका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाले ज्यान गुमाएका थिए।

रुसद्वारा इस्टोनियाका राजदूतलाई देश छोड्न आदेश

रुसी कदमको जवाफ दिँदै इस्टोनियाले पनि आफ्नो देशमा रहेका रुसी राजदूतलाई फेब्रुअरी ७ भित्र देश छाड्न भनेको छ।

४ अर्ब डलर ठगेर कहाँ गायब भइन् ‘क्रिप्टोक्वीन’ इग्नातोभा?

संगठित अपराध, हत्या, हिंसालगायत विभिन्न आपराधिक कार्यमा संलग्न एफबीआईको मोस्ट वान्टेट सूचीको मुख्य १० जना फरार अभियुक्तमध्ये वानक्वाइनकी इग्नातोभा पनि एक हुन्।

अमेरिकाको क्यालिफोर्नियामा गोली प्रहार, १० जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स स्टुडियोमा भएको अन्धाधुन्ध  गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

अमेरिकी राष्ट्रपतिको निजी निवासमा डीओजेको खानतलासी, ६ वटा गोप्य दस्ताबेज बरामद

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीले राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खानतलासी गर्दा थप ६ वटा वर्गीकृत दस्ताबेज बरामद गरेका छन्।

मकाउमा जुवा तथा सट्टेबाजीका ‘कुख्यात’ एलभिन चाउलाई १८ वर्षको जेल सजाय

मकाउमा विश्वभरबाट जुवा खेल्नका लागि धनाढ्य र सौखिनहरू पुग्ने गरेका छन्। तर कोरोना महामारीका कारण क्यासिनो उद्योग निकै प्रभावित भएको छ।

जापानमा ४१ वर्षयताकै उच्च महँगी

महँगी बढ्दा ब्याजदर पनि बढाउने अन्य मुलुकको चलनलाई तोड्दै जापानले ब्याजदर भने नबढाउने नीति लिएको छ। यसलाई तत्काल सच्याउनुपर्ने अर्थविद्हरूको भनाइ छ।

लिलामीमार्फत ट्विटरको लोगो एक लाख डलरमा बिक्री

गएको नोभेम्बरमा एलन मस्कले ट्विटर टाट पल्टिनसक्ने बताएका थिए। तर यो लिलामी ट्विटर खरिद गर्दा लागेको रकम उठाउने विषयसँग सम्बन्धित नरहेको बताइएको छ।

१० हजार कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट

धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रम जारी नै रहने कम्पनीकाे भनाइ छ।

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन पदबाट बाहिरिँदै 

सन् २०१७ मा ३७ वर्षको उमेरमा न्यूजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डन विश्वकै कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आगामी निर्वाचन पनि नलड्ने उनको घोषणा छ।

भारतका २१ जनासँग छ अन्य ७० करोड जनाको भन्दा धेरै सम्पत्ति

भारतमा अर्बपतिहरूको संख्या १०२ बाट बढेर सन् २०२२ मा १६६ पुगेको छ। भारतका सबैभन्दा धनी १०० जना मानिसको कूल सम्पत्ति ५४ लाख करोड भारतीय रुपैयाँ रहेको पाइएको छ।

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

युक्रेनको प्रहरी र सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका उनी रुसले आक्रमण शुरू गरेयता मारिने पहिलो वरिष्ठ अधिकारी हुन्।

चीनको जनसंख्या ६० वर्ष यताकै कम, किन घट्दैछ जन्मदर?

सरकारले चिनियाँ दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गर्न कर कटौती, गर्भवतीको स्वास्थ्य तथा स्याहारमा सुविधासहित विभिन्न छुट र सुविधाको व्यवस्था गरे पनि योजना प्रभावकारी देखिएको छैन।

क्यालिफोर्नियामा गोली प्रहार, आमा र बच्चासहित ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको गोलीबारीमा १७ वर्षीया आमा र उनको ६ महिनाको बच्चासहित ६ जना व्यक्तिको मृत्यु भएको छ।

रुसले युक्रेनको आवासीय क्षेत्रमा खसाल्यो क्षेप्यास्त्र, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको दाबी गरेको छ। 

जासुसीको अभियोगमा पूर्व रक्षा अधिकारी अकबरीलाई इरानले दियो मृत्युदण्ड

अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई अमेरिकाले ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ।

युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी

युक्रेनले रुसी दाबीलाई अस्वीकार गर्दै युद्धको केन्द्रबिन्दु बनेको सोलेदार शहरमा ‘गम्भीर संघर्ष’ जारी रहेको बताएको छ।