व्यापारिक मार्ग, कर, औषधिलगायत विषयमा नयाँ सम्झौता भएको हो। बेलायतबाट नर्दन आयरल्यान्डका लागि ढुवानी हुने सामग्रीका लागि अब दुई वटा मार्ग प्रयोग हुनेछ।
भूमध्यसागर यात्राका क्रममा सन् २०१४ यता मात्रै मृत्यु र बेपत्ता हुने मानिसको संख्या २० हजार नाघेको अनुगमनकारी समूहहरूको तथ्यांक छ।
बेलायती प्रधानमन्त्री सुनकले ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताएका छन्।
जी–२० सम्मेलनमा टर्कीको भूकम्प, न्यून र मध्यम आय भएका देशहरूको ऋण, विश्वको कर प्रणाली र खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको छ।
रुस–युक्रेनबीचको युद्ध एक वर्ष पूरा भएको दिन शुक्रबार बोल्दै जेलेन्स्कीले युक्रेनले युद्ध नहारेको दाबी गरे।
रुस-युक्रेन युद्धको एक वर्षमा रुसले युक्रेनका खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्कलाई नियन्त्रणमा लिएको छ भने युक्रेनमा मानवीय संकट चुलिँदो छ।
चीन, भारत र पाकिस्तानसहित ३२ राष्ट्र तटस्थ बसेका छन्। बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली र निकारागुवाले विपक्षमा मतदान गरेका छन्।
वाङसँगको भेटपछि पुटिनले चीन र रुसबीचको सम्बन्ध योजनाअनुरूप अघि बढिरहेको धारणा राखे। उनले द्विपक्षीय व्यापारमा समेत ऐतिहासिक सहमति जुटेको उल्लेख गरे।
इजरायली सेनाले चलाएको गोली लागी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनसँगको युद्ध कहिले पनि जित्न नसक्ने दाबी गरेका छन्।
आम आदमीकी ओबरोयको पक्षमा १५० र बिजेपीकी उम्मेदवार रेखा गुप्ताले ११६ मत प्राप्त गरेकी छन्।
दक्षिण कोरियाको राजधानी सोलस्थित एक उच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिने र उनीहरूको अधिकार सुरक्षित गर्न आदेश सुनाएको छ।
पुटिनले युक्रेनी जनता ‘पश्चिमाहरूको बन्धक’ भएको आरोप लगाए। उनले अमेरिकासहित पश्चिमा राष्ट्रहरूले द्वन्द्व थप लम्बाउन युक्रेनलाई उक्साइरहेको तर्क गरे।
आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भैदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरैजना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।
अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।
म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेश नीति सल्लाहकार वाङ यीले दिएको अभिव्यक्तिले अमेरिका तथा युरोपेली देश सशंकित देखिएका छन्।
किभ भ्रमणका क्रममा बाइडेनले जेलेन्स्कीसँगै मिखाइलोभ्स्की स्क्वायर, मरिन्स्की दरबार र युक्रेनी राष्ट्रपतिको सरकारी आवासीय क्षेत्रको भ्रमण गरेको बताइएको छ।
ब्राजिलमा वर्षासँगै आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बनेको छ।
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास गरेका छन्।