AnonymousUser

Logout

असममा मनसुनी वर्षा र बाढीबाट ४१ जनाको मृत्यु

भारतको असममा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४१ जनाको ज्यान गएको छ भने ९ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्।

अनशन तोड्नको लागि सोनम वाङ्चुकले सरकारसमक्ष राखे यस्ता माग

आन्दोलनलाई दबाउन फेरि प्रहरी बलको अत्यधिक प्रयोग गरिने छैन भन्नेमा पनि आफू आशावादी रहेको उनले बताएका छन्।

इन्डोनेसिया डुंगा दुर्घटना: तीन दिनपछि पाँच यात्रुको जीवितै उद्धार

पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुंगाका पाँच यात्रुलाई तीन दिनपछि माछा मार्नेहरूले जीवितै उद्धार गरेका छन्।

युक्रेनी ड्रोन आक्रमणपछि रुसमा इन्धन संकट

युक्रेनद्वारा रुसी ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी गरिएका शृङ्खलाबद्ध आक्रमणका कारण रुसका अधिकांश भूभागमा इन्धनको चरम अभाव देखिएको छ।

अमेरिका-इरान सैन्य तनाव जारी, पाकिस्तानद्वारा दुवै पक्षलाई संयमता अपनाउन आग्रह

अमेरिका र इरानबीच मध्यपूर्वमा सैन्य आक्रमण र जवाफी हमला तीव्र भइरहँदा पाकिस्तानले दुवै देशलाई संवाद र कूटनीतिको माध्यमबाट तनाव कम गर्न आग्रह गरेको छ।

टाइफुन ‘बाभी’का कारण चीनमा ९ लाख विस्थापित, ताइवान र जापानमा हजारौँ विद्युत्विहीन

शक्तिशाली टाइफुन ‘बाभी’का कारण ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको छ।

हेजबुल्लाह निःशस्त्र नभएसम्म लेबनानबाट सेना फिर्ता नहुने इजरायलको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता हुने विश्वास व्यक्त गरे पनि इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निःशस्त्र नभएसम्म सेना लेबनानमै रहने स्पष्ट पारेका छन्।

हर्मुज आक्रमणले फेरि चर्कियो पश्चिम एशियामा तनाव

पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुर्‍याउँदै पश्चिम एशियालाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ।

सुडान गृहयुद्धको ६ महिनामा ३०० भन्दा बढी बालबालिकाको मृत्यु

सुडानमा जारी हिंसात्मक गृहयुद्धका कारण पछिल्लो छ महिनामा ३०० भन्दा बढी बालबालिकाको ज्यान गएको र त्यसमा ठूलो संख्या ड्रोन आक्रमणका कारण भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

कंगोमा समुदायस्तरमै फैलियो इबोला, हालसम्म ४९२ जनाको मृत्यु

कंगोमा इबोला भाइरसको संक्रमण समुदायस्तरमा तीव्र रूपमा फैलिँदा संक्रमितको संख्या एक हजार ५२८ पुगेको छ।

भेनेजुएला भूकम्प: मृतकको संख्या दुई हजार ६४५ पुग्यो

भेनेजुएलामा आएको भूकम्पका कारण हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ मानिस घाइते भएका छन्।

एल निनो तीव्र बन्दै जाँदा ‘चरम मौसमी घटना’ बढ्ने डब्लूएमओको चेतावनी

डब्लूएमओले आगामी केही महिनाभित्र 'एल निनो' जलवायु प्रणाली तीव्र बन्ने चेतावनी दिँदै सम्भावित खडेरी, बाढी र गर्मीको लहर सामना गर्न विश्व समुदायलाई तत्काल तयारी थाल्न आग्रह गरेको छ।

भेनेजुएलामा विनाशकारी भूकम्प: दशौँ हजार मानिस आश्रयविहीन

भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण दशौँ हजार नागरिक सुरक्षित आश्रयस्थलविहीन भएको संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीहरूले जनाएका छन्।

इरान-अमेरिका सम्झौतामा तनावको कारण मानिएको धारा ५ के हो?

जुन १७ मा १४ बुँदे समझदारी पत्रमा सहमति भएकोमा दुवै पक्षले एकअर्कालाई उक्त सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्, जसमा धारा ५ पनि समावेश छ।

भेनेजुएला भूकम्प: मृतकको संख्या १,४०० नाघ्यो, ५० हजारभन्दा बढी बेपत्ता

भेनेजुएलामा शक्तिशाली भूकम्प गएको तीन दिन बितिसक्दा पनि भग्नावशेषमा पुरिएकाहरूको खोजी कार्य तीव्र पारिएको छ भने अहिलेसम्म ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेको अनुमान गरिएको छ।

भेनेजुएला भूकम्प: ९२० जनाको मृत्यु, ५० हजारभन्दा बढी बेपत्ता‍

भेनेजुएलामा गत बुधबार गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्।

स्ट्रेट अफ हर्मुजमा​​​​​​​ बिनाअनुमति आवतजावत गर्ने जहाजलाई कारबाही गर्ने इरानको चेतावनी

इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुजमा अनुमतिबिना गरिने कुनै पनि व्यावसायिक वा सैन्य जहाजको आवतजावतविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ।

युरोपमा गर्मीले जनजीवन र ऊर्जा प्रणाली अस्तव्यस्त

असाधारण गर्मीको लहरका कारण युरोपेली मुलुकहरूमा जनस्वास्थ्यमा असर पर्नुका साथै विद्यालय र आणविक रिएक्टरसमेत बन्द गरिएका छन्।

बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

अमेरिका–इरान वार्तामा के छ मुख्य अजेन्डा?

जारी लेबनान द्वन्द्व र इरानको रोक्का सम्पत्ति फुकुवा गर्ने विषयमा सहमति खोज्न अमेरिका र इरानबीच आइतबार स्विट्जरल्याण्डको जेनेभामा उच्चस्तरीय वार्ता शुरू हुँदैछ।