AnonymousUser

Logout

एमालेको अवरोधपछि राष्ट्रिसभा बैठक बुधबारसम्म स्थगित

प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। 

संसद्का विषयगत समितिमा सत्तागठबन्धन र एमालेबीच भागबन्डा

सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेतक र सचेतकहरूको बैठकले संसदीय समितिको भागबन्डा टुंग्याउँदा चौँथो ठूलो दल रास्वपा र पाँचौँ राप्रपालाई बाहिर राखिएको छ।

संसदको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष दलका प्रमुख नेतासँग छलफल गर्ने

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख नेतालाई बैठकका लागि बोलाएका छन्।

सभामुखले सदनको अवरोध हटाउनेबारे सोमबार शीर्ष नेतासँग छलफल गर्ने

सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा सोमबार शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।

माओवादी केन्द्रले तीन महिने अभियान चलाउने, अध्यक्ष दाहाल सात प्रदेशका सात वडामा पुग्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको छ। अभियान सञ्चालनका क्रममा सात प्रदेशका सात वडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफैँ सहभागी हुने भएका छन्।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद‍्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतको यो आदेशसँगै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

‘माओवादी केन्द्र एकढिक्का भएको छ, फेरि देशको नेतृत्व लिनेगरी अघि बढ्छ’

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विधि, पद्धतिभन्दा बाहिर नजाने दाबी गर्दै सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्ने बताएका छन्।

मानवअधिकार उलंघनको घटनामा संलग्नहरूलाई आममाफी दिन सकिँदैन: रमेश लेखक

कांग्रेस प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, मानवअधिकार रहने, कानूनको शासन जीवित रहने र दण्डहीनता समाप्त हुने ढंगले टीआरसी विधेयक सांसदबाट पारित गराइने बताए।

सदनमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै नेतृत्वप्रति एकीकृत समाजवादीका नेताहरूको असन्तुष्टि

नेकपा एकीकृत समाजवादीका नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको छ : मन्त्री साउद

मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका छन्।

माओवादी केन्द्रीय सदस्यहरूको जोड – सुन तस्करीमा नाम जोडिएका नेताहरूमाथि छानबिन गरियोस्

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम ‘भेप’मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै केन्द्रीय सदस्यहरूले उनीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

परराष्ट्र मामिलामा देशभित्रका शक्ति एकजुट हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र हितका विषयमा दलहरू मिल्नुको विकल्प नरहेको, तर सरकार यसमा गम्भीर नभएको बताएका छन्।

न्यायालय सुधारको पाइला चाल्न सकेँ, धेरै कुरा गर्न बाँकी छन्: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालय न्यायाधीश बिनाको हुने अवस्था आएको बताएका छन्। समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको उनको भनाइ छ।

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ: विश्वप्रकाश शर्मा

कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब अवरोध खोल्नुपर्ने बताएका छन्।

एमाले सांसद भन्छन्– सुन तस्करी प्रकरणको सीआईबीले छानबिन गर्न सक्दैन

एमालेका सांसद लीलानाथ श्रेष्ठले सीआईबीले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्।

चित्रबहादुर केसी भन्छन्– राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा सामेल भयो

राज्य व्यवस्था तथा सुशासन समिति सभापति चित्रबहादुर केसीले कुनै पार्टी तथा व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको टिप्पणी गरेका छन्।

टीआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन

द्वन्द्वपीडितले संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई संशोधन गर्न संसद्मा विचाराधीन टीआरसी विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिएका छन्।

वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभार: बाबुराम भट्टराई

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका छन्।

नेपालबाट राजतन्त्र विस्थापित भयो, जनसंस्था स्थापित हुन सकेन: पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ।