गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाए काम गरिरहेकाले समस्या समाधान हुनेमा ढुक्क हुन मिटरब्जाज पीडितहरूलाई आश्वासन दिएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताएका छन्।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।
सिंहदरबारमा भएकाे प्रमुख तीन दलका शीर्ष नेताकाे छलफलपछि संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत एमाले सांसद नबसेपछि बैठक स्थिगत गरेका छन्।
आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।
कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।
कानुनमन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।
सभामुख घिमिरेले संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न आफूले सत्तापक्ष र प्रतिपक्षबीच मध्यस्थता गरिरहेको बताएका छन्।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमालेले गलत काम गरेको बताए।
चार दलसम्मिलित समाजवादी मोर्चाले मोर्चाका सन्देश जनतासमक्ष पुर्याउन सातै प्रदेश राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।
रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइ छ।
कांग्रेस महामन्त्री गगन थापाले अहिले देशका लागि आफू या आफ्नो पुस्ताको प्रधानमन्त्री आवश्यक रहेको बताउँदै पुनः कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने बताएका छन्।
कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको एमाले महासचिव शंकर पोखरेलको तर्क छ।
प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।
सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने सांसदहरूले चेतावनी दिएका छन्।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका छन्।
संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ।