AnonymousUser

Logout

कांग्रेसका उद्धव थापालाई समर्थन गर्न कोशीका सभामुख गौतमले दिए राजीनामा

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरू नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको कांग्रेस चितवन सभापति राजेश्वर खनालले बताए।

संसदीय समितिले प्रस्तावित राजदूतहरूबारे परेका उजुरीमाथि छलफल नगर्ने

संसदीय सुनुवाइ समितिले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको छ। 

नेताहरूले आफूलाई केन्द्रबिन्दुमा राख्दा देश विकास हुन सकेन : माधव नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेताहरूले आफैँलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभा बैठक सूचना टाँसेर साउन २२ गतेसम्म स्थगित

संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर साउन २२ गते सोमबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्।

राजदूतको समावेशिताबारे संसदीय समितिले पराष्ट्रमन्त्रीसँग जनकारी लिने

परराष्ट्रमन्त्री साउदसँग जानकारी लिएपछि समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ।

विश्वविद्यालयले प्रतिस्पर्धी जनशक्ति उत्पादनमा लाग्नुपर्छः प्रधानमन्त्री

युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै रहेको प्रधानमन्त्री दहाल‍को भनाइ छ।

सदनको अवरोध खुलाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन्। 

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० बाट अनिवार्य अवकाशमा जाँदैछन्। जसको एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि परिषद्को बैठक बस्न सकेको थिएन।

ओली भन्छन्– सबै नेता बिग्रिए भन्नु गलत हो

सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता लेख, रचना सम्प्रेषित नगर्न साहित्यकारहरूलाई एमाले अध्यक्ष ओलीले आग्रह गरेका छन्।

मधेश प्रदेशमा छैटौँ पटक मन्त्रिपरिषद् बिस्तार

छैटौँ पटक बिस्तार भएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ।

‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ’

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका छन्।

कर्मचारीको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पुरस्कृत र दण्डित गर्ने प्रवृत्तिका रूपमा देखिएको निजामती कर्मचारीको सरुवालाई स्वचालित प्रणालीमा लैजानुपर्ने बताएका छन्।

अनेकौँ ‘सेटिङ’ गरेर देशलाई बदनाम गर्न खोजियो : महेश बर्तौला

एमाले सचेतक महेश बर्तौलाले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौँ ‘सेटिङ’ गरेर देशलाई बदनाम गर्नतर्फ लागेको बताए।

सुन प्रकरणमा ममाथिको आरोपबारे छानबिनका लागि तयार छु: वर्षमान पुन

माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणलाई जोडेर चरित्र हत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेसम्म स्थगित

सुन तस्करी प्रकरणको छानबिनका गर्न समिति बनाउनेबारे सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको सोमबारका लागि तय बैठक सूचना टाँसेर स्थगित भएको छ।

रास्वपाको दबाबका कारण सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको दबाबका कारण सरकार पुराना भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको बताएका छन्।

मधेशमा जनमत पार्टीले मन्त्री फेर्ने, एक मन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

जनमतका विनाविभागीय मन्त्री वसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा गरेका छन्। जनमतले अब चन्दन सिंह र रन्जु खत्वेलाई सरकारमा पठाउने निर्णय गरेको छ।

एकीकृत समाजवादीको सचिवालयदेखि केन्द्रीय कमिटी बैठकका लागि नयाँ तालिका

एकीकृत समाजवादीले यसअघि स्थगित गरिएका केन्द्रीय सचिवालय स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीका बैठकहरू अब साउन १९ गतेदेखि शुरू गरेर भदौ ७ गते सक्ने भएको छ।

त्रियुगा पुल निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने भौतिक पूर्वाधारमन्त्रीको प्रतिबद्धता

उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्।