गएको ८-९ महिनामा आर्थिक संकट आउँछ कि भनेर अनुमान गरेका थियौँ, त्यो आएन। सुधार हुनथाल्यो। अब निजी क्षेत्रले दबाब दियो भन्दैमा, आर्थिक स्थायित्व खलबलाउने काम गर्नुहुँदैन।
हाम्रा साथीहरू जिल्ला–जिल्लामा पुग्नुहुन्छ। हामीसँग लावालस्कर मोटर छैनन्, सार्वजनिक सवारीसाधनमै यात्रा गर्छाैं। हामीसँग जति बजेट छ, त्यहीअनुसार काम गर्छाैँ। जति गरेका छौँ, राम्रो गरेका छौँ।
दलहरूलाई ठीक बाटोमा ल्याउन मात्र नभइ जनप्रिय तथा देशहितका कार्यक्रम र योजनाका लागि पनि दलमा नेता र संसद्मा जनप्रतिनिधि ‘रिफ्रेस’ गर्नुपर्ने भएको छ।
पार्टीहरूप्रतिको आक्रोशकै कारण स्वतन्त्रको लहर आउन खाेजेझैँ देखिन्छ। भेलका रूपमा आउने त्यो लहरले सडेगलेका ठुटा मुढाहरू नै ल्याउने हुन्, तर कहिलेकाहीँ बलिया मुढाहरू पनि हेलिएर आउँछन्।
लाखौं गरिब मजदुरहरूको रगत र पसिनामा उठेका हुन् लोभलाग्दा स्टेडियमहरू। फुटबलको यो महाउत्सवमा सहभागी हुँदै गर्दा हामीले पूर्वाधार बनाउने क्रममा ज्यान गुमाएका हजारौं श्रमिकहरूलाई भुल्नुहुन्न।
लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनमा आधारित पुस्तक ‘एक बागी’लाई केन्द्रमा राखेर उनको जीवन किस्सा, अनुभव एवं विचारसँगको साक्षात्कारः
समाजलाई अनुशासित र जिम्मेवार बनाउन समाज बुझ्ने र इमानदार राजनीतिक नेतृत्व हुनु आवश्यक छ। तर, प्रजातन्त्रपछिका कुनै पनि सरकार त्यसमा खरो उत्रन सकेनन् या चाहेनन्।
पितृसत्ताबाट पाएको शक्तिले श्रीमानहरू श्रीमतीले अह्राएका वा अनुरोध गरेका कुरालाई त्यति महत्त्वपूर्ण या जरुरी सोच्दैनन् र टारिरहन्छन्।
सबैजसो पार्टीका नेताहरू नकमाएको सम्पत्तिमा बाँचिरहेका छन्। यो नै आजको क्रान्तिको अवरोध हो। नकमाएको सम्पत्ति खाने यो प्रक्रियालाई ध्वस्त पार्ने पार्टीमात्रै आजको क्रान्तिकारी पार्टी हो।
अब बन्ने सरकारले परम्परागत झिनामसिना विकासे अवधारणामा नअलमलिकन अर्थतन्त्रकै संरचना रूपान्तर गर्ने सोच र लक्ष्यका साथ अगाडि बढ्नुपर्छ।
खुला, प्रतिस्पर्धात्मक र प्रतिनिधिमूलक लोकतन्त्र नै मानव जातिका लागि विकासको मार्ग हो। यही मान्यताद्वारा नै समाज र व्यक्तिको दिगो एवं समग्र विकास हुन्छ।
स्वतन्त्र भनिने धेरैजसोको वैचारिक धरातल कमजोर छ। एउटा कुरा सत्य हो, उनीहरूमा आक्रोश र हतारो पक्कै छ। यद्यपि, सबै स्वतन्त्र उम्मेदवारहरू त्यस्तै छन् भन्ने ठहर होइन।
‘इन्टिग्रिटी’ भएका पत्रकारलाई पेशामा टिक्न मुस्किल छ। त्यसो हुँदाहुँदै पनि नेपालमा केही पत्रकारहरू छन्, जसले पत्रकारिताको ‘धर्म’ निर्वाह गरेका छन्।
कारणसहित कुनै नेता फेरि निर्वाचित हुनुहुँदैन भन्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो र मुलुक ध्वस्त पार्दै हिँडेकालाई त्यसै भन्ने हो।
वर्षभरि जनताको कर र पसिनामा मनमौजी भएर सिस्नुपानीलाई पाथीचुली खुराक पुर्याइदिने, तिहार आएपछि आफ्नै शर्मनाक काम, गति र मतिको तमासा मुसुमुसु हाँस्दै हेरेर मनोरन्जन लिएर लोक हँसाउने!
दिलकुमारी ब्लोन तामाङलाई भीमशमशेरले आफ्नी विवाहिता श्रीमतीको निधनपछि दाम राखेर ढोग्न लगाएर बडामहारानी बनाए। त्यसपछि उनको नाम पनि फेरियो। दरबारमा उनलाई 'सीता बडामहारानी' भनेर सम्बोधन गर्न थालियो।
छठ फैलिए पनि हजारौँ वर्षदेखिको मौलिकता र परम्परा खुम्चिँदै गएको छ। छठ मनाउनुअघि जलाशयहरूको सजावट गरिन्छ तर छठ सम्पन्न भएपछि धजापताकालगायत अन्य बजारिया सामानहरू त्यसै छाडिन्छन् या जलाशयमै खसालिन्छन्।
गणतन्त्र प्राप्तिपश्चात् राज्यमा मलगायत केही संरचनात्मक लाभांश पाएका मान्छेहरू त नागरिकमा बढुवा हुन सके, तर आम मान्छेहरूले अझै पनि आफूलाई रैती महसुस गरिरहेका छन्।
जैविक रूपमा महिला भए पनि पुरुष सत्ताले दिएको शिक्षा, चिन्तन, संस्कृति र दर्शनले महिलालाई पनि पुरुषजस्तै बनाउने चेष्टा गरेको छ। स्वयं महिलामा समेत ‘आइमाईको बुद्धि हुन्न’ भन्ने तथ्य लाद्न सफल छ।
सोच र चिन्तन नबदलिएसम्म, पूर्ण समानुपातिक प्रणाली हुँदा पनि विनोद चौधरीहरूजस्ता पैसावाला व्यापारीहरूलाई पार्टीले फ्याट्टै एक नम्बरमा ल्याइदिने खतरा छ।