AnonymousUser

Logout

उपनिर्वाचन परिणाम : धेरै हतारोमा छन् नेपाली

केही दिन पहिले स्वर्णिम वाग्लेका लेख संकलित किताब आधाजसो पढेँ। उनको किताब पढेर निराशाबाहेक केही हात लागेन।

जति ठानिन्छ त्यति खराब होइन अवसरवाद

जंगलमा अवसर पाए बाघले मृग मार्छ, मृगले पाए जंगल छेउको बारीको मकै भुसुक्कै पार्छ। फुटबलमा रोनाल्डोले अवसर पाए गोल हान्छन्, आर्थिक र अन्य अवसरका लागि टिम समेत बदल्छन्।

लोकतन्त्रका १७ वर्ष : नेताले हामीलाई अभियुक्त बनाए

आजका नेताहरूमध्ये हिजो कसैले बन्दुक बोक्नुभयो, कोही आन्दोलन गरेका कारण जेल बस्नुभयो। तर, देश बनाउनका लागि जुन भिजन र मिसन चाहिन्छ, उहाँहरूमा त्यो थिएन।

समग्र वित्त प्रणाली समस्याग्रस्त हुँदा मर्कामा परेका सहकारी

सहकारीका सिद्धान्त र विश्वव्यापी मान्यता छन् जसले राज्यको ‘कम्पन’ सकेसम्म कम हुनुपर्छ भन्छन्। अर्थात् राज्यले सहकारी नियन्त्रण गर्ने होइन। तर, अवधारणाअनुसार सहकारी चलेका भए अहिलेको समस्या आउँदैन्थ्यो।

को हुन् ‘डेमागग’? किन हुन्छ यिनको त्रास?

३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्‍यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।

मिस्हिमाको 'सेप्पुकु' र २०औँ शताब्दीको जापानको झल्को

आत्महत्या गर्नुअघि युकिओ मिस्हिमाले सकाएको उपन्यासको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो।

नेता–कार्यकर्ता व्यवस्थापन गर्न अचाक्ली बढाइएको खर्च कसले घटाउने?

​​​​​​​जबसम्म सत्तासीनहरू राष्ट्रिय सम्पत्ति भनेको आफूले अंशमा पाएको बपौतीजस्तो व्यवहार गर्छन् र त्यसलाई बाँड्नु नै आफ्नो अधिकार भएको ठान्छन्, तबसम्म यो फगत बहसको विषय मात्र बनिरहन्छ।

सुशासन कायममा स्थानीय सरकारको भूमिका

प्रणाली स्थापना गर्न खोज्ने केही सदाचारी कर्मचारीहरू हुँदै नभएका भने होइनन्। मरुभूमिमा पानीका थोपाझैँ देखिन्छ तिनको हैसियत।

कसको आवाज बोल्छन् विद्यार्थी संगठन?

जातकै आधारमा विद्यार्थीहरूले भोगिरहेका छुवाछूतका घटनामा दलका विद्यार्थी संगठन सधैँ मौन देखिन्छन्। अग्रगामी सोच बोक्ने भनिएका विद्यार्थी संगठन यस्ता मुद्दामा मौन बस्न मिल्छ?

विद्यालय भर्ना अभियान: कर्मकाण्डी अभ्यासले हुँदैन

संस्थागत विद्यालयका विद्यार्थी बिरलै विद्यालय छाड्छन्, तर सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालय छाड्ने दर धेरै छ। भर्ना अभियानले यो समस्या समाधानमा पहलकदमी गरे पनि उपलब्धि हासिल हुन सकेको छैन।

सत्तालाई चुनौती दिने अविवाहित आमाका सन्तान

गर्भ प्राकृतिक विषय भएकाले महिलाहरू समाजको परिधिभन्दा बाहिर गएर समेत बच्चा पाउँछन् या पाउन पुग्छन्। महाभारत कथामा कुन्तीले पाँच पाण्डव र कर्णलाई परिवारको परिधिभन्दा बाहिर गई जन्म दिएकी छन्।

हवर्डले पुनर्लेखन गर्न खोजेको अमेरिकी जनताको इतिहास

राजा, मन्त्री, रथी, महारथी र मुखियाहरूको चर्चालाई मात्रै कुनै देश र समुदायको इतिहास ठानिने प्रचलन आफैँमा एक कपट हो। त्यसो हुँदा देशको वास्तविक अतीत र निकट वर्तमान बुझ्न  इतिहासको पुनर्लेखन हुनुपर्छ।

भैरव रिसालले झुटो नबोल्ने बनाउन चाहेको वर्ष २०८०

भैरवले भने, 'सिधा, सरल र स्पष्ट बीपी। उनले बोलेको कुरामा शंका नै गर्न नपर्ने। एकाध कुरा होलान्, जुन बीपीले परिबन्दका कारण बोलेनन् होला। बाँकी केही छोडेनन्।'

८० को दशकका हाम्रा आर्थिक अभिभाराहरू

८० को दशक हाम्रो आर्थिक व्यवस्थाले दशकौँ झेल्दै आएका संरचनात्मक समस्या सुल्झाउने र द्रुत आर्थिक विकास 'अनलक' गर्ने दशक बन्न सक्छ।

'हामीलाई थकाउँदै कमजोर बनाइसकियो, तर बोल्न छाड्नु त भएन'

हामीलाई यसरी गलाइसकिएको छ कि हामी हैरान भइसक्यौँ। आफैँ कमजोर भएको अवस्थामा न्यायका लागि लडिरहेका हामी स्वयं थकित भइसक्यौँ।

आधुनिक मनुवाद र 'कलीयुग'का कालीहरू

थर, जात र गोत्रको राजनीति हाम्रो समाजको आदिम राजनीति हो। यस समाजका महिला एउटा थर/गोत्र लिएर जन्मिन्छन् र अर्कै थर/गोत्र बोकेर मर्छन्।

श्रेष्ठ-प्रसाईं टेप काण्ड: भाग्न पाउँदैन रास्वपा

'हिजो ७० करोडका लेनदेनमा केही नहुने अनि केही गर्छु भनेर आएको पार्टीलाई चाहिँ सामान्य विषयमा खेद्ने?' जस्ता कच्चा तर्क पनि हुन थालेका छन्। रास्वपा यही तर्कको पछि लाग्ला या चिरेर अघि बढ्ला?

राष्ट्रपतीय गरिमा : दल त्यागले मात्र पुग्दैन

राजाले संविधान मिचे भनेर नै संविधानको रक्षा गर्न यो मुलुकलाई गणतन्त्रमा रूपान्तरण गरिएको हो र गणतन्त्रमा राष्ट्रपतिको परिकल्पना गरिएको हो।

'इज्जत' र 'कर्तव्य' महिलाको ठेक्का हो?

तपाईंको स्वतन्त्रताका बारेमा बिरलै सोच्ने लोग्नेलाई तपाईं सिलौटामा अचार पिसेर खुवाउनुहुन्छ भने त्यो सिलौटामा तपाईंको आत्मसम्मान र स्वतन्त्रता पिसिने गरेको छ।

जलवायु परिवर्तन: हामी सबै एउटै डुंगामा छौँ

वर्षायाममा बाहेक बागमती, विष्णुमती तथा मनहराजस्ता नदीनालामा बग्ने पानी कन्चन हुने गर्थ्यो, धेरै परबाटै पानीभित्र माछा नाचिरहेका देखिन्थे। पुस–माघभरि नदीका वरपरको वातावरण अन्यत्रभन्दा चिसो हुन्थ्यो।