AnonymousUser

Logout

सय दरका नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सरकारले सय दरका नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिएको छ।

अर्थले नवप्रवर्द्धन कार्यक्रमको ८८ करोड बजेट निकास नगरेको सामान्य प्रशासनमन्त्रीको गुनासो

मन्त्री जोशीले नवप्रवर्द्धन कार्यक्रमका लागि विभिन्न मापदण्डबाट १०४ वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण दिइएको तर बजेटका लागि हारगुहार गर्दा पनि निकासा हुन नसकेको बताए।

झापामा परीक्षा दिएर फर्किएकी छात्रामाथि आक्रमण

अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बसेर अध्ययन गर्दै आइरहेकी एक छात्रा घाइते भएकी छन्।

रासायनिक विषादीको प्रयोग घटाउन ‘आईपीएम’ कृषक पाठशाला

कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

जापान पठाइदिने भन्दै ३ करोड रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ७ घर भई काठमाडौँको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन्।

राष्ट्र संघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने उल्लेख छ।

पर्यावरण बिगारेको भन्दै अभियन्ताले हटाए रूखमा बेरिएका झिलिमिली बत्ती

हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाली बजारमा सुन बिहीबारको तुलनामा एक हजार १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

पानी नपरेपछि बाराका किसानले पाएनन् चैतेधान रोप्न

बाराको दक्षिणी क्षेत्रका किसानले खडेरीका कारण रोपाइँ गर्न सकेका छैनन्। जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै चैतेधान रोपाइँ भएको छ। 

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ।

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

आईपीएलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा हैदराबाद १ रनले विजयी भएको हो।

देशका अधिकांश स्थानको मौसम सफा रहने

दिउँसो, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली भई बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।

सर्लाहीको विष्णु गाउँपालिकामा आगलागीबाट ७२ घर जले

बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका अन्य घरमा आगलागी फैलिएको वडा अध्यक्ष विकाउ ठाकुरले जानकारी दिए।

सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’मा प्रसारित अडियो उपलब्ध गराउने व्यक्ति ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ।

राष्ट्रपतिबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गतेबाट शुरू हुने गरी संसद् अधिवेशन आह्वान गरेका छन्।

अप्रिलमा १ लाख ११ हजार पर्यटकले गरे नेपालको भ्रमण

नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

पोखरा महानगरका इन्जिनियर बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले घर निर्माण सम्पन्न भएको प्रमाणपत्रका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ को विन्दुमा सीमित भएको छ।