बजेट अभावले ढोरपाटन, खापाथरमा निर्माणाधीन नगर अस्पताल र निसीखोला, झिम्पामा बन्दै गरेको आधारभूत अस्पताल अलपत्र परेका छन्।
बाढीले पुल बगाएपछि आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको खडकदेवी माध्यमिक विद्यालयले जनाएको छ।
सांसदले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाबाट घाइते भएकाको निःशुल्क उपचार तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
मंगलबार नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको छ भने १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथिको सुनुवाइ भदौ १४ गते शुक्रबारबाट थाल्ने गरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।
त्रिवि पदाधिकारीलाई धम्की दिइएको भनेर शिक्षामन्त्रीले नै सामाजिक सञ्जालमा लेखेपछि यो विषय विवादित बन्यो। तर त्रिवि पदाधिकारी र प्राध्यापकमाथि अभद्र व्यवहार अहिले मात्र हुन थालेको होइन।
साहसिक यात्रा गर्न रुचाउने २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभा आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्।
ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
संघीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायत राजस्व संकलनमा आएको कमी र आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको बताइएको छ।
कोशी प्रदेशका १४ जिल्लामा ६५ हजार ३७२ हेक्टरमा कोदोखेती हुने गरेको छ। त्यसबाट एक लाख आठ हजार ३७५ टन कोदो उत्पादन हुने गरेको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएका हुन्।
उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो।
अमेरिका र युरोपेली संघले हालैका महिनामा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन्।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सिँचाइपोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
पहिरोका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
न्युजिल्यान्डको वाणिज्य आयोगले भारतबाट आयातित दुग्ध सामग्री बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को हो भनी झूटो दाबी गर्ने कम्पनीलाई साढे दुई लाख डलर जरिबाना तिराएको छ।
तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जना ‘डिस्चार्ज’ भएका छन्।