AnonymousUser

Logout

बबई सिँचाइको नहरले बगाउँदा १ बालिकाको मृत्यु

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा शुक्रबार बिहान शव फेला परेको हो।

अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा १ पुरुष पक्राउ

टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

६८ लाखमा बनेको भ्यु टावर प्रयोगविहीन

कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लागतमा तीन वर्षअघि ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा टावर बेवारिसे बनेको छ।

रातोढुंगा सबस्टेसन: प्रसारण लाइन नबन्दा सञ्चालनमा ढिलाइ 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबस्टेसन सञ्चालनमा नआउँदा म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य प्रभावित भएको छ।

पाँचथरको फालेलुङमा ग्रिनेड विस्फोट: एकै घरका २ नाबालकको मृत्यु, २ घाइते

बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पशुपतिको महास्नान घर भासियो, जीर्णोद्धार गरिँदै

२०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर जीर्णोद्धार सम्पन्न गरी २०७९ भदौ पहिलो साता पशुपति संग्रहालय उद्घाटन गरिएको थियो।

बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेकाहरूमाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

मन्त्रिपरिषद् बैठक : अर्याल मुख्यसचिव नियुक्त, एनसेललाई ४ किस्तामा नवीकरण शुल्क बुझाउन दिने निर्णय

सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ भने एनसेलले नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने गरी प्रक्रिया अगाडि बढाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

बझाङको मष्टा केन्द्रविन्दु भएर भूकम्प

बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ। 

बाँके बस दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

बाँकेमा बिहीबार भएको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायक अलग गर्ने विधेयकमा अर्थको सहमति

नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ।

फेवाताल संरक्षणका लागि सर्वोच्चको त्यो आदेशः ११ महिनासम्म के गर्दैछन् सरोकारवाला निकाय?

सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि दोस्रोपटक आदेश दिएको दुई महिनापछि गत मंसिरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वमा फैसला कार्यान्वयन समिति बनाइएको छ। तर समितिको काम सुस्त छ।

जलवायु परिवर्तनले चक्रवात वृद्धि : अध्ययन

डब्ल्यूडब्लूएले मानव सिर्जित जलवायु परिवर्तनका कारण हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निष्कर्ष निकालेको छ।

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै एआईजी श्याम ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

३० वर्षे विवादमा सरकारको ‘भ्याकेट’माथि शुक्रबार सुनुवाइ, सर्वोच्चले बोलायो दुवै पक्षलाई

प्रहरी अधिकृतको ३० वर्षे सेवा अवधि विवादबारे सरकारको ‘भ्याकेट’मा सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई बोलाउन आदेश गर्दै सुनुवाइका लागि शुक्रबार पेसी तोकेको छ।

राष्ट्रपति पौडेलबाट टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

बाढीपहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त, यातायात अवरुद्ध

सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।

हुलाकी सडक निर्माणलाई गति दिन सरकारलाई सांसदको ध्यानाकर्षण

राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रहरीको अवकाशबारे घातक अन्योल, अदालतमा सरकार र प्रहरी अधिकृत नै आमने–सामने

ऐन नबनाउने, आफ्नो स्वार्थमा प्रहरी नियमावली चलाइरहने राजनीतिक नेतृत्वको रवैयाले प्रहरी संगठनलाई यस्तो गम्भीर मोडमा ल्याइपुर्‍याएको छ कि अदालतमा सरकार र प्रहरी अधिकृत नै पक्ष–विपक्ष हुनपुगेका छन्।