अधिकांश सामुदायिक विद्यालय दशैँ र तिहारबीच बिदा हुने भएपछि त्यो समयलाई सदुपयोग गर्न काठमाडौँ महानगरपालिकाले कक्षा १० का विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास ‘क्याम्प’ चलाएको छ।
इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो।
आइतबार राति नै भएको अर्को खेलमा वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेड २–१ गोल अन्तरले पराजित भएको छ।
झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चार वटा सानाठूला पोखरीसमेत रहेका छन्।
अहिले देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
नेपालले दिएको २८७ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल अगावै २९१ रन बनाउँदै नेपाललाई पराजित गर्यो।
पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ।
आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।
थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन्।
साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।
सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको थियो।
उच्च विद्युत् माग हुने सुक्खायाममा पूर्ण क्षमतामा चलाउने गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनालाई बाढीले क्षति पुर्याउँदा यो वर्ष हिउँदमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।
भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। कम्तीमा ३६ जना हराइरहेका छन्।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।