सुक्खा पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
सरकारले संघीय संसद्को नियमित अधिवेशन बोलाएर कानून निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेका भन्दै प्रतिपक्षी दलले आपत्ति जनाएका छन्।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ‘ड्रिलिङ’ कार्य सकिएसँगै त्यसबाट प्राप्त ‘स्याम्पल’ लिएर प्राविधिक टोली चीन फर्किएको बताए।
नयाँ सम्झौता नहुन्जेल दुवै संस्थाको सहकार्यको दैनिकी सञ्चालनका लागि सम्बन्धित डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ।
अमेरिका, क्यानडा र युरोपका केही देशमा जुनसुकै प्रयोजनका लागि जाँदा पनि टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध नहुँदा निजी फार्मेसीको मनोमानी छ।
अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण खान दम्पतीलाई अदालतले दोषी ठहर गरेको हो।
सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुभन्दा तीन दिनअघि रुस र इरानबीच सम्झौता हुन लागेको हो।
बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।
संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको १ करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको छ।
भूकम्पबाट पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख, आंशिक क्षतिको हकमा १ लाख र सामान्य क्षति भएकाले ५० हजार रुपैयाँ अनुदान पाउनेछन्।
घरेलु मैदानमा २-० को अग्रता जोगाउन नसक्दा जितका लागि रियलले थप समयसम्म कुर्नुपर्यो। थपिएको ३० मिनेटमा रियलले ३ गोल गर्दै सहज जित हात पार्यो।
विद्युत् अभावले पालिकाले दिने सेवा प्रभावित हुने गरेको छ। सडक सञ्जाल सहज नहुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानी गर्न समस्या छ।
चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ।
दिउँसो कोशी, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
वायुसेवा सञ्चालक संघले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ।
दुर्घटनापछि प्रहरीले गरेका अनुसन्धानले चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सडकको दुरावस्था, यान्त्रिक गडबडी प्रमुख कारण औँल्याएको छ।
इसरोका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ल्याइएको रोजगार बचतपत्रबाट आन्तरिक ऋणसमेत व्यवस्थापन गर्ने सरकारको लक्ष्य थियो। निराशाजनक तस्वीरचाहिँ डेढ दशकमा जम्माजम्मी ५ प्रतिशत बचतपत्र बिक्री भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।