पहिलो विश्वकपमा फाइनल पुगेर उपवेजेतामा चित्त बुझाएका पुरुष र महिला खो–खो टोली तथा प्रशिक्षक पूर्वाधारमा लगानी मात्र भइदिए अर्को विश्वकपको उपाधि जित्न सकिने योजना बनाइरहेका छन्।
पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। थाइल्यान्डले भने नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन्। सडकले ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सहज भएको छ।
बाढीले घरखेत बगाएपछि चनौटे नयाँबस्तीका स्थानीय घरबारविहीन भएका छन्। उनीहरू पालिकाले दिएको त्रिपाल, खाद्यान्न र कम्बललगायतको साहरामा दिन बिताउँदै आएका छन्।
सडकको दायाँबायाँ पर्खाल लगाउने तथा नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ। साँगा क्षेत्रमा ठूलो घुम्ती र भिर भएकाले काम गर्न केही अप्ठ्यारो भएको आयोजनाले जनाएको छ।
दिउँसो कोशी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
गाउँपालिकाले सरकारी बजेटबाट व्यक्तिगत जग्गामा हाटबजार भवन निर्माण गरेपछि समस्या भएको हो। त्यहाँ व्यापारीहरूले बजार लगाउन मानिरहेका छैनन्।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ।
दक्षिण कोरियाले चिनियाँ स्टार्टअप डिपसिकसँग प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी व्यवस्थापन गरिन्छ भन्नेबारेमा सोधपुछ गर्ने भएको छ।
संगठित रूपमा ठगी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सीआईबीको टोलीले सात जनालाई पक्राउ गरिएको छ। डिजिटल फरेन्सिक रिपोर्टअनुसार उनीहरूले तीन अर्बभन्दा बढी रकम ठगी गरेका छन्।
आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
सरकारले प्रतिनिधिसभामा विभिन्न समयमा ल्याएका ६ वटा अध्यादेश पेश गरेको छ।
निर्देशिकाअनुसार स्वास्थ्य संस्थाले प्रणाली स्थापना गरी बिरामीको पहिचान नम्बरका आधारमा स्वास्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट गर्नुपर्ने छ।
मानव तस्करले रुसी सेनामा भर्ती गराएका १२४ नेपाली युवा कम्तीमा एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन्। युद्धभूमिमा हराइरहेका उनीहरूका परिवार अहिलेसम्म प्रियजन सकुशल रहेको खबर आउने प्रतीक्षामा छन्।
काठमाडौँमा जारी त्रिकोणात्मक टी२० शृंखलाअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स ८ विकेटले पराजित भएको छ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्तीमा १८ र धोबीघाटमा ३२ जनालेले ज्यान गुमाएको दाबी गरेका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी छन्।
वासिङ्टनको आकाशमै सैनिक हेलिकप्टर र यात्रुवाहक हवाईजहाज आपसमा ठोक्किँएर भएको दुर्घटनामा दुवै विमानमा सवार सबैको मृत्यु भएको अधिकारीले बताएका छन्।
बैठक शुरू भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदसँग अनुरोध गरेका थिए।
निजी सवारीसँगै सार्वजनिक सवारीमा पनि साना गाडी बढिरहँदा दुर्घटना भइहाले मृत्यु वा गम्भीर चोटपटकबाट जोगाउने सिट बेल्ट भने ट्राफिकको आँखा छल्न मात्र लगाइन्छ। आफ्नै सुरक्षामा किन बेपरवाह छन् नेपाली?