सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय पनि गरेको छ।
चीनले अमेरिकी प्रविधि कम्पनी गुगलमाथि एकाधिकार विरोधी कानून उल्लंघनको अनुसन्धान गर्ने बताएको छ।
मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।
चितवन जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध सहारा सहकारी ठगीसम्बन्धी पूरक मुद्दा दायर भएको छ।
‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीले पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट फेला पारेका हुन्।
कर्णालीका दुई हजार ९३१ सामुदायिक विद्यालयमा १७ हजार ३८४ जना शिक्षकको दरबन्दी रहेकामा ११ हजार ८६५ मात्र कार्यरत छन्।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। नेपालमा क्यान्सरको उपचार विश्वको तुलनामा सस्तो रहेको उनको भनाइ छ।
चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ। उसले म्यानचेस्टर सिटीलाई उछिनेको छ। सिटी समान खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।
चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मंगलबारदेखि मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।
वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ।
पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार काठमाडौँ उपत्यकामा आन्दोलनरत पक्षसँग छलफल गरेको छ।
राष्ट्रियसभा अध्यक्षले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन्।
मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनका साथै सडक नाटक मञ्चन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने काठमाडौँ महानगरमा निरन्तर चलिरहेको अवस्था पछाडि जायज–नाजायज कामका लागि दबाब दिने मेयरको सचिवालय र सल्लाहकार टिमको प्रमुख भूमिका देखिन्छ।
यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको कृषि विकास निर्देशनले जनाएको छ। दुई वर्षअघि ५० हजार ८५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार ५७८ मेट्रिक टन उत्पादन भएको छ।
त्रिकोणात्मक महिला टी२० शृंखलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ।
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ।
सिरियाको उत्तरी शहर मानबिजनजिकै सोमबार भएको कार बम विस्फोटमा १४ महिला र एक पुरुष गरी १५ जनाको मृत्यु भएको छ।