रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र तीन सैनिक सवार हेलिकप्टर ठोक्किएका छन्।
लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको मड्रिड, बायर लेभरकुजन, लिल र एस्टन भिल्लाले भने शीर्ष आठमा स्थान बनाए। यी आठ टिमले नयाँ ढाँचाको प्लेअफ खेल्नुपर्ने छैन।
बागलुङका १० स्थानीय तहमध्ये आठ तहलाई समेटेर ‘अलैँची जोन’ निर्माण गरिएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन बनाइएको हो।
कोशी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने स्थानीय प्रहरी र स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै मृतकको संख्या ४० पुगेको जनाएको छ।
सात वर्ष अघिको साढे ३३ किलो सुन काण्डमा भएको ठूलो तामझामसहितको धरपकड र अनुसन्धान ‘हात्ती आयो फुस्सा’ यत्तिकै बनेको होइन। काण्डभित्रका नखुलेका पाटो र बाटो बिराएको अनुसन्धानको फेहरिस्तः
यद्यपि, सबै उमेर समूहका मानिसको आत्महत्या दर भने सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ।
यो खेलसँगै नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०–१४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध यो खोप उपलब्ध गराउन लागेको हो।
अमेरिकाले गैरकानूनी रूपमा त्यहाँ रहँदै आएका १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई तत्काल निष्कासन गर्नुपर्ने सूचीमा राखेको छ।
पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन।
प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको छ।
धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्।
चोहर्वाबाट लहानतर्फ जाँदै गरेको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो।
अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, रासायनिक मलको प्रयोग, जलप्रदूषण, पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्नेलगायत कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ।
गृह मन्त्रालयले पाथीभरामा केबलकार निर्माण विवादलाई शान्तिपूर्ण ढंगले निष्कर्षमा पुर्याउन अनुरोध गरिएको छ भने कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ।
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरिएको छ।