AnonymousUser

Logout

संसद् पुनर्स्थापनाको माग गर्दै परेका रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनर्स्थापनासमेतको माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका थिए।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताए।

मुस्ताङ पुगेका पर्यटकलाई सास्ती: अव्यवस्थित सडक-पूर्वाधार, त्यसमाथि हिमपात

दशैँअघिबाटै पर्यटक धमाधम पुग्न थालेको मुस्ताङमा भाइटीकापछि दुई दिनमै १० हजार पर्यटक भित्रिए। प्रशासनले बासस्थानबारे सचेत गराउँदा पनि पर्यटक रोकिएनन्, त्यही बेला हिमपात परेपछि सास्ती भएको छ।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

आज शेयरबजार ५.१७ अंकले घटेर २,५६६.१६ को बिन्दुमा कायम भएको हो।

गाजामा इजरायली आक्रमण: बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ। यस महिनाको शुरूदेखि लागू भएको युद्धविरामको अवस्थामा चुनाैती थपिएको छ।

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

त्यस क्षेत्रमा हिमपात भएको र एक्कासि चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ।

त्रिपक्षीय छलफलमा दलका १६ र जेन–जीका १४ प्रतिनिधि सहभागी हुने

फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायत विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू समस्यामा परेको विभागले जनाएको छ।

संसद् विघटन विरुद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

मुस्ताङमा भारी हिमपात: जनजीवन प्रभावित

नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको छ।

नेपाली क्रिकेटको नियतिः छोटो स्वरूपमा सफलता, ओडीआई मान्यतामा चुनाैती

सन् २०२६ को टी२० विश्वकपमा स्थान पक्का गरेको एक सातापछि ओडीआई खेल्न दुबई पुगेका नेपाली क्रिकेटरले अमेरिकाविरुद्ध मुस्किलले डेढसय रन कटाए। यसले लामो स्वरूपको क्रिकेटमा संकटको ऐना देखाएको छ।

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको हो।

झापामा बस दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते

झापाको दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बस मंगलबार राति दुर्घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

मकालु क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

मकालु आधार शिविरसहित संखुवासभाका उच्च हिमाली भेगमा मंगलबार बिहानदेखि नै वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुनेछ।

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ललितपुरबाट पक्राउ

सीआईबीले मंगलबार नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको छ।

हिमपातले पर्यटकीय गतिविधि प्रभावित, यात्रा नगर्न टानको आग्रह

टानले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ।

सरकार, दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुने

सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार छलफल गर्ने भएको छ।

हिमपातका कारण अलपत्र ७५० जनाको तिलिचो बेस क्याम्पबाट उद्धार

हिमपातका कारण मनाङलगायतका हिमाली जिल्लामा अलपत्र परेका यात्रुहरूको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।