AnonymousUser

Logout

रहेनन् गायक रसिक

गायक तथा लेखक गणेश रसिक (राई)को ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

नारायणचौरबाट कमल थापासहितका प्रदर्शनकारी पक्राउ

थापासहितका प्रदर्शनकारी राजसंस्था पुनर्स्थापना मागसहितको प्रदर्शनका क्रममा नारायणचौरबाट बालुवाटार जाँदै गर्दा पक्राउ परेका हुन्।

यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान

‘राइड शेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू गएका थिएनन्।

डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ घाइते

दुर्घटनामा घाइते जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

कर नबढेपछि बजेटअघि ह्वात्तै भित्रिएका ईभीको बजार के हुन्छ?

आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने आकलन गरी व्यवसायीले ईभीको आयात ह्वात्तै बढाए, तर कर यथावत रह्यो। अब उपभोक्तालाई साउनअघि नै गाडी किन्ने हतारो नहुँदा व्यापारी भने चाँडो बेच्ने दबाबमा हुनेछन्।

सत्य निरूपण आयोग अध्यक्षको अभिव्यक्तिप्रति द्वन्द्वपीडितको आपत्ति 

द्वन्द्वपीडितको पीडा, आँसु, कथाव्यथा र अनुभवलाई बेवास्ता गर्दै, पीडितलाई धम्की दिने शैलीमा जवाफ दिनु संक्रमणकालीन न्यायको मर्मविपरित एवं अशोभनीय, अमर्यादित र निन्दनीय रहेको पीडितको भनाइ छ।

साढे २ अर्बभन्दा बढी रकम हिनामिना आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राय पक्राउ

बैंकका तत्कालीन सीईओ रायलाई बचतकर्ताको २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियाबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष: हीरक महोत्सव मनाइँदै  

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ २२ गतेसम्म हीरक महोत्सव मनाइँदै छ।

कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव

कोशी, मधेश, बागमती र गण्डकीसहित अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

म्युनिखको एलियान्ज एरिनामा भएको फाइनलमा इटलियन क्लब इन्टर मिलानलाई ५–० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको छ।

पोल गाडेर फेवातालको सीमांकन थालियो

सहजीकरण समितिले फेवाताल छुटाउने गरी ‘डिजिटल’ रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोहीअनुसार शनिबार सात वटा पोल गाडिएका छन्।

पेट्रोल–डिजेल महँगियो, हवाई इन्धन सस्तियो

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीले ११ वटा गाउँलाई पूर्ण रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।

डाइभर्सन बनाएर एकतर्फी खुल्यो धरान–धनकुटा सडक

लेउतीखोलामा डाइभर्सन बनाएर धरान–धनकुटा सडक खण्ड एकतर्फी खुलाइएको छ।

फाइन्डिङ निमो: जलवायु परिवर्तनसँग जुध्दै बाँच्न सिकेको माछा

न्यूक्यासल विश्वविद्यालयका वैज्ञानिकले समुद्री तातो पानीमा बाँच्न शरीर नै खुम्च्याउन सिकेको माछाबारे गरेको अनुसन्धानको निचोडले देखाउँछ– जलवायु परिवर्तनका असरसँग जुध्न जीवजन्तुले नै स्वउपाय खोज्दै छन्।

आसममा भारी वर्षापछि आएको बाढीपहिरोमा परेर ५ जनाको मृत्यु 

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले गुवाहाटी र वरपर पहिरोमा परी पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ।

सप्तरीमा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

सप्तरीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ।

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

बढैयाताल संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयको बुझाइ छ।

कर्णाली राजमार्ग चार दिन बन्द हुने

मर्मतका लागि कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मात्रै सम्पन्न भएको छ।