कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतका अनुसार आइतबार या सोमबार गठबन्धनकाे बैठक बस्ने छ।
काठमाडाैँ– चुनावपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतका अनुसार चुनावको अन्तिम परिणाम आउनासाथ आइतबार या सोमबार बैठक बस्ने तयारी छ।
उनले भने, “अब एउटा मात्रै जिल्लाको मतगणना सिकन बाँकी छ। मतपरिणाम आउनासाथ सत्ता गठबन्धन दलहरूको बैठक बस्ने छ। बैठकमा समग्र चुनावी समिक्षा र नयाँ सरकार गठनबारे पनि छलफल हुनेछ।”
गठबन्धनको प्रमुख साझेदार माओवादीले कांग्रेससँग बाग्रेनिङ गर्ने कि एमालेसँग मिलेर नयाँ सरकार बनाउने भन्ने छलफल गर्न थालेपछि कांग्रेस झस्किएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री आलोपालो हुनुपर्ने माग कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेका छन्।
तर, देउवा यो मागमा मौन रहेपछि प्रचण्डले अन्य दलहसँग संवाद तीव्र पारेका छन्। यस्तो परिस्थितिमा बस्ने गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
