पाँचपटकको विश्वविजेता ब्राजिल र चार वर्षअघि आयोजित रसिया विश्वकपको उपविजेता क्रोएसियाबीच शुक्रबार हुने क्वार्टरफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
बागलुङमा सशस्त्र द्वन्द्वको बेला बन्द भएको गुरुकुल पुनः सञ्चालनमा ल्याउन लागिएको छ। गुरुकुल सञ्चालनमा ल्याउन स्रोत जुटाउन थालिएको हो।
सरकार तथा ईशनिन्दा गरेको आरोपमा इरानमा १ जनालाई मृत्युदण्ड दिइएको छ। उनीमाथि सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बलका जवानलाई घाइते बनाएको आरोपसमेत छ।
हाल देशका केही भागमा आंशिक बदली रही अन्य भागको मौसम सफा रहेको छ।
युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पाँच वर्ष सरकार निर्वाध रूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताएका छन्।
स्पेनिस फुटबल महासंघले लुइस एनरिकेको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टे नियुक्त गरेको छ।
नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कट्ल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनायो।
अन्नपूर्ण संरक्षण क्षेत्रको संवेदनशीलतामा खेलाँची गर्दै सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाका सल्लाहकार अध्यक्ष रहेको मुक्तिनाथ दर्शन प्रालिलाई केबलकार निर्माण गर्न दिने तयारी अघि बढाएको छ।
प्रधानमन्त्री देउवाले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।
पेरुमा पहिलोपटक महिला राष्ट्रपति नियुक्त भएकी छन्। पूर्वराष्ट्रपति पेद्रो कास्तियोमाथि महाअभियोग लागेपछि ६० वर्षीय दिना बोलुवार्ते राष्ट्रपति बनेकी हुन्।
प्रतिनिधिसभामा समानुपातिकतर्फ ३४ सिट पाएको एमालेले विवादमा आइरहने एकनाथ ढकालदेखि निर्वाचनको मुखमा कांग्रेस छाडेर आएका व्यापारी देवी भट्टचनसम्मलाई प्राथमिकतामा राखेर सांसद बनाउँदैछ।
सन् २०९२ सम्म विश्वकप जित्ने भिजनसहित अगाडि बढेको जापानले युवाहरूलाई आकर्षित गर्न टीभी कार्यक्रम र चलचित्र निर्माणमा जोड दिएको छ।
मन्त्री शर्माले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताएका छन्।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूका विषयमा टुंगो लगाउन कार्यसम्पदान समितिको बैठक बोलाएको छ।
गुजरात तथा हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) र भारतीय कंग्रेसले अग्रता लिएका छन्। गुजरात विधानसभामा १८२ सिट छन् भने हिमाचलमा ६८ सिट रहेका छन्।
समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए।
पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे।