काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा महानगरले त्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ।
विश्वका अधिकांश मुलुकलाई समेट्ने गरी किसान संगठनलाई क्षेत्रीय विभाजन गरिएको छ।
निर्वाचन आयोग अन्तिम चुनावी परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालय र संसद् सचिवालयमा बुझाउने तयारीमा जुटिरहँदा प्रमुख पदहरूको ‘भागवण्डा’को विषयले नयाँ सरकार निर्माणमा विलम्ब हुने देखिन्छ।
‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रमिकहरूले विदेश लैजाने नाममा आफूहरू ठगिएको गुनासो गरेका हुन्। आजको कार्यक्रममा १० जना श्रमिकले ठगिएको गुनासो गरेका थिए।
एन्फाले पुष २६ गतेबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरिसक्दा खेलमा सहभागी हुने टिमहरू भने दर्ता भएका छैनन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक प्रकृतिका विभिन्न मुद्दा हल गर्ने भन्दै अध्यादेशमार्फत् मुलुकी फौजदारी संहिताको प्रावधान संशोधन गर्ने निर्णय गरेको छ।
राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनले निलम्बन निष्प्रभावी भएको पत्र चोलेन्द्र शमशेर जबरालाई दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलासमै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका हुन्।
आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्।
गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहले संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोगले लोकतन्त्र सबल हुने बताए।
नेपाली सुनचाँदी बजारमा सुन प्रतिताेला एक लाख ५०० पुगेकाे छ। अन्तर्राष्ट्रिय बजारको कारोबार र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ।
नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।
चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।
जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।
डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्यसहित दाङकाे तुलसीपुर–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड प्रदान गरिएकाे छ।
जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।
फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कदै गरेकाे डोजर कालिकाेटमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।
कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स इंग्ल्यान्डलाई हराउँदै लगातार अन्तिम चारमा पुगेकाे छ।
यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा दक्षिण अमेरिका र अफ्रिकाबाट एक-एक राष्ट्र तथा युरोपबाट दुई राष्ट्र हुने निश्चित भएको छ।
हिंसा भड्काएको आरोपमा बीएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।