शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।
प्रधानमन्त्री देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सचेत रहेको बताएका छन्।
नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।
नेकपा एमालेले निर्वाचनका बेला पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा घनश्याम भुसाल र प्रभु साहलगायतका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
सरकारले आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाए पनि गैरकानूनी आयातका कारण बजारमा सजिलै उपलब्ध भइरहेको व्यवसायी र सरकारी अधिकारी नै बताउँछन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँगको सल्लाहमा समानुपातिक सांसदको नाम टुंगो लगाएका छन्।
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिकतर्फ ११ लाखभन्दा बढी मत ल्याएर १३ सिट पाएको प्राप्त गरेको थियो।
नेपाली कांग्रेस पदाधिकारी बैठकले समानुपातिकतर्फको बन्दसूचीबाट निर्वाचन आयोगमा पठाउने नामको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथन त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्का र महिला हाफ म्याराथन बागमतीका सन्तोषी श्रेष्ठले जितेका छन्।
इरानी महिलाहरूले निजत्वको अधिकारका लागि थालेको आन्दोलन त्यहाँको इस्लामिक गणतन्त्र सत्ताका लागि चुनौती बनेको छ। आन्दोलन व्यापक हुँदै जाँदा पुरुषहरू पनि त्यसमा सशक्तरूपले सहभागी हुन थालेका छन्।
हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्।
सरकारले मानव अधिकार पुरस्कार–२०७९, मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।
समानुपातिक सांसद छनोट र आमनिर्वाचनकाे समीक्षा गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष र निकायले अग्रसरता लिनुपर्ने बताएकी छन्।
शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।
फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
शुक्रबार बसेकाे माओवादी पदाधिकारी बैठकले समानुपातिक सांसदकाे नाम टुंगाे लगाउन सकेकाे थिएन। समानुपातिक सांसदकाे सूची शनिबार नै निर्वाचन आयोगमा पेस गर्नुपर्ने तालिका छ।
मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार अन्तर्गतका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताएका छन्।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।