AnonymousUser

Logout

तराईमा बिहानैदेखि हुस्सु, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ।

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

महान् फुटबलर पेलेको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।

धान उत्पादन साढे ३ लाख टन बढ्यो, खेतीको क्षेत्रफल घट्यो

धान रोपाइँको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आए पनि उत्पादन ६.९४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

अफगानिस्तान भोकमरीको चपेटामा, नेपाल पनि खाद्य  संकटको जोखिममा

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले सन् २०२२ मा झन्डै २८ लाख बालबालिका र महिला कुपोषणको शिकार भएको जनाएको छ।

आउँदाआउँदै ‘लोकरिझ्याइँ’मा गृहमन्त्री लामिछाने : असम्बन्धित अड्डा अनुगमन गरेर के सन्देश दिँदैछन्?

गृहमन्त्री लामिछाने कार्यालय अनुगमनमा जानु सकारात्मक भए पनि मन्त्रीस्तरबाट यस्तो गर्न नमिल्ने पूर्वउच्चपदस्थ कर्मचारी बताउँछन्। असम्बन्धित मन्त्रालयको अनुगमनमा जाँदा अराजकता हुने उनीहरूको भनाइ छ।

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनिश्चितकालीन धर्ना

निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मञ्च, बाँकेले चारबुँदे मागसहित माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना र रिले अनशन थालेको छ।

तथ्यांक विश्वसनीय नभएको भन्दै राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्यांक विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए।

सन्दीप जोरा र वाल्टनको शतकीय साझेदारीमा फार वेस्टमाथि जनकपुरको जित

फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जितसँगै ४ खेलमा ६ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक छौँ : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएको छ।

जसपामा चर्कियो समस्या, उपेन्द्रविरुद्ध बनेको ‘मोर्चा’ विभाजनसम्मको तयारीमा

संघीय परिषद् अध्यक्ष अशोक राईलाई संसदीय दलको नेता बन्न कार्यकारी अध्यक्ष उपेन्द्र यादवले रोकेको भन्दै जसपामा असन्तुष्टि चुलिएको छ। राई समूह संसदीय दल र केन्द्रीय समितिमा 'मोर्चाबन्दी'मा लागेको छ।

प्रभु साहको नेतृत्वमा गठन भयो आम जनता पार्टी

नेकपा एमाले त्यागेर स्वतन्त्रबाट निर्वाचन लडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्।

ए डिभिजन लिग फेरि सर्‍यो

एन्फाका पदाधिकारी र १४ वटा क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकमा लिग फागुन १९ बाट शुरू गर्ने सहमति भएको छ।

कांग्रेस मधेश प्रदेशसभा दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेसको मधेश प्रदेशसभा दलको नेतामा रामसरोज यादवलाई पराजित गर्दै कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।

बागमती प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान

बागमती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेशसभाको अधिवेशन बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका छन्।

रुसद्वारा युक्रेनमाथि एकैदिन १२० वटा क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनमाथि एकैदिन १२० क्षेप्यास्त्र प्रहार गरेको छ। तीव्र हमलाका कारण युक्रेनी जनमानसमा त्रास बढेको छ भने केही स्थानमा जनधनको क्षति पुगेको छ।

सुकुमबासी बस्ती खाली गराउन सहयोग माग्दै गृहलाई काठमाडौँ महानगरको पत्र

काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती खाली गराउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले बस्ती हटाएर उक्त ठाउँको सौन्दर्यीकरण गर्ने बताएको छ।

स्वास्थ्य मन्त्रालयले माग्यो बीपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीसँग स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले बैठकमा उपस्थित नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीरकण माग गरेको छ।

‘अन्तर्घात’ गर्नेलाई कारबाही सिफारिस गर्न कांग्रेसले थप्यो समय

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ‘अन्तर्घात’ गर्नेलाई कारबाहीका लागि सिफारिस गर्न समय थप गरेको छ।

कांग्रेस मधेश प्रदेशसभा दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

कसैले उम्मेदवारी फिर्ता नलिएमा निर्वाचनबाट दलको नेता चयन हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।

सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयको परिपत्र– विदेशीलाई भेट्नुअघि स्वीकृति लिनु अनिवार्य

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सुरक्षाकर्मी पदाधिकारीले भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन खुलाइ विभागीय स्वीकृति लिनुपर्ने जानकारी गराएका छन्।