AnonymousUser

Logout

२०२२ का चर्चित २२ घटना

सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणदेखि विश्वकप फुटबलसम्मले खुबै चर्चा पाए। बेलायतको राजनीतिक उतारचढाव पनि रोचक रह्यो।

विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरमा बिदा

पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपाल टी–२० लिग : जनकपुरसँग विराटनगर पराजित

जनकपुरले दिएको १९० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा १४० रन मात्रै जोड्न सक्यो।

भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

लुम्बिनीमाथि  पोखराको  ९ विकेटको जित

लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो।

पार्टीभित्र खुल्ला र पारदर्शी छलफल गर्नुपर्छ : कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

कांग्रेसभित्र असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माले बताएका छन्।

त्रिवि क्रिकेट मैदानमा ‘भव्य प्रतियोगिता’, तर छैनन् दर्शक

गत मंसिरमा यूएईसँगको तीन ओडीआई श्रृङ्खलाको अन्तिम खेल हेर्न दर्शक गेट तोडेरै मैदान पुगेका थिए। यसपटक क्यानले नेपाल टी२० लिग गराउँदा औँलामा गन्न सकिने दर्शक मात्र त्रिवि क्रिकेट मैदान पुग्ने गरेका छन्।

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव आएको छैन: जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताएका छन्।

साइबर सुरक्षामा सरकारलाई छैन चासो, इन्टरनेट बन्दैछ अपराधको अस्त्र

प्रविधिको प्रयोग गरेर हुने गैरकानूनी आर्थिक गतिविधि नियमनका लागि बनेको विद्युतीय कारोबार ऐन उपयोगविहीन हुन थालेको छ। यो ऐन इन्टरनेटबाट हुने अन्य अपराध नियन्त्रण गर्न पर्याप्त नभएको विज्ञहरू बताउँछन्।

राहदानी वितरण सहज बनाउन विज्ञको टोली गठन

विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा सुधारका कदम चाल्ने गृह मन्त्रालयले जनाएको छ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू

आलाेकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा सहभागी हुने नहुनेलगायत पछिल्लो राजनीति घटनाक्रमबारे छलफल हुने कार्यसूची छ।

प्रधानमन्त्री दाहाल चितवनमा

नारायणी नमुना माविको हीरक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्।

प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा भेटवार्ता, सुरक्षा व्यवस्था चुस्त बनाउनेबारे छलफल

गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारे संक्षिप्त योजना पेस गरेका छन्।

कम्बाेडियामा मृत्यु भएका पाण्डेकाे शव नेपाल ल्याउने वातावरण मिलाउन प्रधानमन्त्रीकाे निर्देशन

कम्बोडियाको क्यासिनोमा आगो लाग्दा झापा बिर्तामोडका निराकार पाण्डेसहित १९ जनाको मृत्यु भएको छ।

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल निर्विरोध

प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

२०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्कालगायत नेता भारतबाट फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ। 

मूर्ति चोरहरूको ‘उपहार’ : ५३ वर्षदेखि शरीरमा गोली

५३ वर्षअघि साँखुस्थित बज्रयोगिनीको लोकेश्वर मूर्ति चोरिनबाट जोगाउँदा दुई जनाको ज्यान गयो। सूर्यमानको शरीरमा गोली दागियो। तर, सरकारले पक्राउ परेका चोरसमेत सार्वजनिक गरेन।

राप्रपा नेता तथा पूर्वसञ्चारमन्त्री श्रीषशमशेर जबराको निधन

जबराको पार्थिव शरीरलाई शनिबार बिहान साढे नौ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

रोनाल्डो साउदी क्लब ‘अलनासर’मा आबद्ध

साउदी क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न उत्सुक रहेको बताएका छन् ।

सरकारमा सहभागिताको विषय टुङ्ग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

एकीकृत समाजवादीको शनिबार बस्ने बैठकले सरकारमा सहभागी पनि हुने की समर्थन मात्रै गर्ने निर्णय लिने बताइएको छ।