आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्न परामर्श दिएका छन्।
बिग बास लिगमा ब्रिस्बेन हिट र सिड्नी सिक्सर्सबीचको खेलमा माइकल नेसेरले लिएको क्याचलाई लिएर विवाद उत्पन्न भएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर त्यहाँको काम–कारबाहीको विवरण लिएका हुन्।
भिल्ला रियलविरुद्धको खेलका क्रममा उनको बायाँ खुट्टामा चोट लागेको र अहिले उपचार भइरहेको क्लबले जनाएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर अघि बढ्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन्।
अकुपाइ टुँडिखेल अभियानले खुलामञ्च संरक्षणका लागि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।
राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ। बैठकमा सबै जिल्लाका सीडीओका साथै सुरक्षानिकायका प्रमुखको उपस्थिति छ।
घरेलु क्रिकेटमा ‘हेलिकप्टर सट’ले चर्चित सिद्धान्तले राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेको ६ वर्ष भयो। यद्यपि, त्रिवि मैदानमा जारी नेपाल टी२० लिगमा छक्काका लागि उनको ब्याट हेलिकप्टर शैलीमा घुमिरहेकै छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भागमा आंशिक बदली रहने, हुस्सु लाग्ने तथा हिमपातको सम्भावना रहेको छ।
बझाङको खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीमा यातायात व्यवसायीहरूले मनलाग्दी रूपमा भाडा असुल्दा स्थानीय मर्कामा परेका छन्।
किसानहरूले लागत बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाउनुपर्ने माग अघि सारेका छन्।
तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।
भारतबाट मट्टितेल बाहेक सबै किसिमका पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि मूल्य यथावत् रहने नेपाल आयल निगमले जनाएको छ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीले एमालेसँग एकताका लागि कुनै प्रयास नगरेको बताएका छन्।
युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।
वीरगन्जको इनर्वास्थित साबिक भन्सार नाका भएर हुने आयातनिर्यात आइतबारबाट बन्द भएपछि अब एकीकृत जाँचचौकी (इन्टीग्रेटेड चेक पोस्ट) ‘आईसीपी’बाट मात्रै आयातनिर्यात हुने भएको छ।
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्।
२०३६ सालको जनमत संग्रहमा निर्दलको पक्षमा मत दिएपछि धनपुरा र जानपुराका दाजु रामकुमार तथा कम्युनिष्ट नेता वर्मन बुढाबीच द्वन्द्व बढेको थियो। त्यसको मूल्य भने यी जुम्ल्याहा दिदीबहिनीले चुकाउनु परेको छ।