सबै दललाई समेटेर अगाडि बढ्न खोज्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन्।
कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेका बेला मालेपाटन र ढोडबेँसीका स्थानीय यसको व्यावसायिक खेतीमा जुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ‘हेलो सरकार’मा परेका उजुरी को सङ्ख्या र सेवाग्राहीका गुनासा फर्छ्योटका आधारमा नापी र मालपोतलाई चार श्रेणीमा विभाजन गरी कार्यसम्पादन मूल्यांकन गर्ने नीति लिइएको छ।
मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले बताएका छन्।
हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ।
चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा संघीय संसद्मा पठाउने बताए।
पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।
‘झ्याल–झ्यालमा मन्त्रालय’जस्तो विकृत अभ्यासको विम्ब बनेका प्रदेश सरकारहरूले त्यसबाट पाठ सिकेरै हुनसक्छ, मन्त्रालय संख्या कटौती गर्न थालेका छन्। तर, गिर्दो साख उकास्न सुधारका धेरै काम गर्नुपर्ने छ।
गुजरातस्थित गान्धीनगर सेसन अदालतले ८१ वर्षीया आसारामलाई जन्मकैदको फैसला गरेको छ।
यस वर्ष सामान्य सुधार भए पनि नेपाल भ्रष्टाचारले व्याप्त मुलुककै श्रेणीमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन्।
वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ। यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो।
यसअघि यू–१८ र १९ स्वरूपमा भएको साफ महिला च्याम्पियनसिपका तीन संस्करणमा नेपाल उपाधिविहीन रह्यो। यसपटक यू–२० स्वरूपमा हुन लागेको प्रतियोगिताको उपाधिका लागि नेपालको बाधक भारत र बंगलादेश बन्न सक्छन्।
बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ।
सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ।
उनको सम्पत्ति कूल ९२ अर्ब ७० करोड डलरबाट घटेर ८४ अर्ब ४० करोड डलरमा सीमित भएको ब्लुमबर्गको तथ्यांक छ।
सात जना केन्द्रीय सदस्यहरूले कार्यसम्पादन समितिले राजीनामा दिएर नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायलाई सघाउनुपर्ने अडान राख्दै आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने, आगामी दिनमा सल्लाहअनुसार नै अघि बढ्ने बताएका छन्।
नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान शुरू गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए।