शहीद दिवसका अवसरमा सभामुख देवराज घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन्।
सार्वजनिक कार्यक्रममा भाग लिन ओडिसाको झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई प्रहरी असई गोपाल दासले गोली प्रहार गरेका हुन्।
म्याग्दीमा दुई आर्थिक वर्षदेखि कुष्ठरोगका नयाँ बिरामी पहिचान भएका छैनन्।
पाकिस्तानमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ।
कांग्रेसले स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकेको छ।
आइतबार तीन घण्टामा तीनपटक बसेको रास्वपा केन्द्रीय समिति बैठकले रवि लामिछानेलाई पार्टी सदस्यता दिँदै पुनः सभापति चुन्यो। र, स्वार्थ बाझिने गृह मन्त्रालय ‘कुनै हालतमा नछाड्ने’ अडान राख्यो।
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईको सिफारिसबारे क्यानभित्रै विवाद छ। राखेपले उनको नियुक्ति प्रक्रिया तत्काल नटुंगिने जनाएको छ। तर क्यानले उनै देसाईलाई झिकाएर प्रशिक्षण थालेको छ।
एमाले महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा बिगार्ने उद्देश्यले रवि लामिछानेमाथि मुद्दा दायर गरिएको बताएका छन्।
बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने भएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका ३ जनालाई पक्राउ गरेको छ।
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्यान्ड दुई दिने भ्रमणका लागि आइतबार साँझ नेपाल आइपुगेकी हुन्।
विश्वका १२१ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकांकमा नेपाल ८१ औँ स्थानमा छ।
राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालले भ्रष्टाचार गरी कमाएको सम्पत्ति लुकाउन उनकी श्रीमती तथा कुस्मा नगर उपप्रमुख स्वस्थानी रिजाल मतियार बनेको विशेष अदालतको ठहर छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ।
नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो।
लुम्बिनीमा गुरुयोजना विपरीत भएका कामको छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।
मेयर शाहले गैरकानुनी ढंगले महानगरपालिकाभित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उनीविरुद्ध प्रदर्शन गरेको छ।
आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको हो।
कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू लुम्बिनी विकास कोषको कार्यप्रगतिसँग सन्तुष्ट नरहेको बताएका छन्।