भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्ला सत्य नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्धका शहीद'लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।
आज बस्ने राष्ट्रियसभा बैठकले विषयगत समिति सदस्यहरूको मनोनयन गर्नेलगायत कार्यसूची छ।
सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरूको श्रेस्ता अनुसन्धान थालेको छ।
यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।
एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरू र स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन्।
सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।
बागमती प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै राप्रपाका मन्त्रीहरूले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।
आपसी सम्बन्ध लामो भए पनि शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा कहिल्यै बाजी मार्न नसकेका रामचन्द्र पौडेल अन्ततः देउवालाई सहयोग गर्दा सर्वोच्च पद हासिल गर्ने संघारमा छन्।
नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन मात्रै बनाउन सक्यो।
प्रधानमन्त्री दाहालले आठ दलबीच भएको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्।
वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन अनुरोध गरेका छन्।
अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ।
कांग्रेस प्रवक्ता महतले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको बताएका छन्।
प्रमुख सचेतक ज्वालाले आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने उल्लेख गरे।
राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। सँगसँगै जस्तो राजनीतिक यात्रा शुरू गरेका दुवै नेताले सभामुखको जिम्मेवारी सम्हालिसकेका छन्।
वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।
अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ।