AnonymousUser

Logout

कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट शनिबार चितवनका ६४ वर्षीय पुरुष र आइतबार बिहान कञ्चनपुरकी ७३ वर्षीया महिलाको मृत्यु भएको छ।

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्‌मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।

तुलसीपुरका स्थानीय भन्छन्– उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन

तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।

रौतहटमा गोली लागेर १ जनाको मृत्यु, ३ घाइते

रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धि विवादका क्रममा गोली प्रहार हुँदा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ।

पहाडी भूभागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुनेछ। यस्तै तराईका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ। 

आईपीएल क्रिकेट : पन्जाबसँग लखनऊको हार   

लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

प्रहरीको प्रारम्भिक अनुसन्धान– वर्षमान पुनकी आमालाई गोली लाग्नु दुर्घटना

प्रारम्भिक अनुसन्धानमा ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए।

मनाङलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो, मछिन्द्र एनआरटीसँग रोकियो

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

विमानस्थल, सेनाको मुख्यालय र राष्ट्रपति भवन नियन्त्रणमा लिएको सुडानको अर्धसैनिक बलको दाबी

सुडानको अर्धसैनिक समूहले राष्ट्रपति भवन, सेनाको मुख्यालय र खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ।

मैत्रीपूर्ण खेलमा ओमानविरुद्ध नेपाल ५ विकेटले विजयी

ओमानले दिएको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको छ।

सरकारले महाविपत्तिको बेला जसरी काम गर्नुपर्छ : गगन थापा 

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन्।

जापानी प्रधानमन्त्रीमाथि 'स्मोक बम' प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

वाकायामा आयोजित चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको थियो। उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रम स्थलबाट निकालिएको बताइएको छ।

भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एयरलाइन्स

निगमका प्रवक्ता रमेश पौडेलले दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने बताए।

इरानमा फाँसीको सजाय बढ्दै, सरकार ‘किलिङ मेसिन’ बनिरहेको आरोप

इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी चार जनालाई फाँसीको सजाय भयो। थप १०० जना प्रदर्शनकारी थुनामा छन्। उनीहरूलाई पनि फाँसीको सजाय हुनसक्ने सक्ने भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : सुवास नेम्वाङ

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेका नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

निमोनिया संक्रमण भएपछि राधादेवीलाई उपचारका लागि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

दोहोरो भत्ता रोक्ने निर्णयविरुद्ध पूर्वप्राज्ञहरूको रिट, लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, वासुदेव त्रिपाठी, ध्रुवचन्द्र गौतम, तीर्थबहादुर श्रेष्ठ, तोया गुरुङ, तुलसी दिवसलगायत ११ जनाले रिट निवेदनमा सम्मानवापत दिइएको मासिक रकम पाउनुपर्ने जिकिर गरेका छन्।

प्रहरी सहायक हवल्दारले गोली चलाउँदा वर्षमान पुनकी आमा घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

गोली चलाउने सहायक हवल्दार प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन्। वर्षामान पुनको नातेदार रहेका उनी नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए। 

नयाँ पर्यटकीय गन्तव्य, ताङतिङ गाउँ

पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित तानतिङ गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

अपराह्नपछि हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।