AnonymousUser

Logout

भ्यालेन्सियाका मिडफिल्डर गोन्जालेज घाइते

भिल्ला रियलविरुद्धको खेलका क्रममा उनको बायाँ खुट्टामा चोट लागेको र अहिले उपचार भइरहेको क्लबले जनाएको छ।

सत्तारूढ गठबन्धनमा सामेल हुँदैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर अघि बढ्ने बताएका छन्। 

प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन्।

बालेनले दिएनन् अकुपाइ टुँडिखेलका अभियन्तालाई भेट, खुलामञ्च जोगाउन उपप्रमुखलाई बुझाइयो ज्ञापन–पत्र

अकुपाइ टुँडिखेल अभियानले खुलामञ्च संरक्षणका लागि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्रीले गरे आयोगसँग छलफल

राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

गृहमन्त्रीको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू

गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ। बैठकमा सबै जिल्लाका सीडीओका साथै सुरक्षानिकायका प्रमुखको उपस्थिति छ।

त्रिवि मैदानमा जारी छ सिद्धान्तको ‘हेलिकप्टर सट’

घरेलु क्रिकेटमा ‘हेलिकप्टर सट’ले चर्चित सिद्धान्तले राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेको ६ वर्ष भयो। यद्यपि, त्रिवि मैदानमा जारी नेपाल टी२० लिगमा छक्काका लागि उनको ब्याट हेलिकप्टर शैलीमा घुमिरहेकै छ।

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भागमा आंशिक बदली रहने, हुस्सु लाग्ने तथा हिमपातको सम्भावना रहेको छ।

१५ किलोमिटरको गाडीभाडा ५५० रुपैयाँ!

बझाङको खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीमा यातायात व्यवसायीहरूले मनलाग्दी रूपमा भाडा असुल्दा स्थानीय मर्कामा परेका छन्।

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउनुपर्ने किसानको माग

किसानहरूले लागत बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाउनुपर्ने माग अघि सारेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : भव्य उद्घाटन भयो, उपयोगबारे अन्योल हटेन

तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने आयल निगमको निर्णय

भारतबाट मट्टितेल बाहेक सबै किसिमका पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि मूल्य यथावत् रहने नेपाल आयल निगमले जनाएको छ।

‘कार्यकर्तालाई भ्रममा पार्न एमालेसँग एकताको हल्ला चलाइयो’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीले एमालेसँग एकताका लागि कुनै प्रयास नगरेको बताएका छन्।

युक्रेनमा नयाँ वर्षमा समेत रोकिएन रुसी आक्रमण

युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

वीरगन्जको इनर्वा नाका व्यापारको लागि बन्द, अब सबै कार्गो आईसीपीबाट

वीरगन्जको इनर्वास्थित साबिक भन्सार नाका भएर हुने आयातनिर्यात आइतबारबाट बन्द भएपछि अब एकीकृत जाँचचौकी (इन्टीग्रेटेड चेक पोस्ट) ‘आईसीपी’बाट मात्रै आयातनिर्यात हुने भएको छ।

एकीकृत समाजवादी स्थायी समितिका अधिकांश सदस्य सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्।

थवाङमा स्याउ खेतीका अभियन्ता जुम्ल्याहा : उठिबास लगायो राजनीतिले

२०३६ सालको जनमत संग्रहमा निर्दलको पक्षमा मत दिएपछि धनपुरा र जानपुराका दाजु रामकुमार तथा कम्युनिष्ट नेता वर्मन बुढाबीच द्वन्द्व बढेको थियो। त्यसको मूल्य भने यी जुम्ल्याहा दिदीबहिनीले चुकाउनु परेको छ।

नेपाल टी-२० लिग : विराटनगरमाथि लुम्बिनीको जित

लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटिएको छ।

पोखराबाट प्रधानमन्त्री दाहालको घोषणा– ‘निजगढ विमानस्थल बनाउँछौँ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन गर्दै निजगढ विमानस्थलको निर्माण पनि छिट्टै शुरू गर्ने बताएका छन्।

ब्युँतियो अकुपाई टुँडिखेल, खुलामञ्च जोगाउन सोमबार काठमाडौँ महानगरलाई खबरदारी गर्ने

काठमाडौँ महानगरले खुलामञ्चमा तीन तल्ला अन्डरग्राउन्ड पार्किङ बनाउने योजना अघि सारेपछि त्यसका विरुद्ध अकुपाई टुँडिखेल पुनः सक्रिय भएको छ।