विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी आएको जनाउँदै काठमाडौँ महानगरले त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने जनाएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए'को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले १५८ रनको लक्ष्य दिएको छ। ४०.२ ओभरमा अलआउट भएको नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले अफगानिस्तानको राष्ट्रिय फुटबल टोली पुनर्निर्माण गर्ने बताएका छन्।
एडीबीको अनुदान सहयोगमा लुम्बिनी विकास कोषलाई प्राप्त विद्युतीय सवारी साधनमा हरियो नम्बर प्लेट राख्ने अनुमति भएपछि पर्यटक बोक्न पाउने भएका छन्।
नेपालले दोस्रो ओभरको दोस्रो बलमा नै विकेट गुमाएको छ। कुशल भुर्तेल ८ बलमा २ रन बनाएर बाहिरिए। अहिले आसिफ सेख र भीम सार्की ब्याटिङमा छन्।
मेची पारिको ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीका रूपमा २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो। कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ।
बुधबार बेलुका परेको चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको छ।
तराईका केहीस्थानमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको छ।
दोधारा चाँदनी नगरपालिकामा नेपाल–भारत सीमामा दुवै देशतर्फ दशगजा मिचेर लामो समयदेखि खेती लगाइएको थियो। यसरी गरिएको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।
कलैयाको करणराज होटलमा वैशाख ५ गते बसेको बैठकपछि उपेन्द्र यादवले रणनीति बदले। उनी कांग्रेस मतदाता तान्नेतिर मात्र केन्द्रित भएनन्, प्रधानमन्त्रीदेखि मधेशका मुख्यमन्त्री र मन्त्रीलाई समेत बारा उतारे।
उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समूह 'ए'को आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ३६७ रनको विशाल लक्ष्य दिएको ओमान ७२ रनले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। यो समूहबाट नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।
मुख्य सडक खन्ने अनुमति नपाउँदा तार भूमिगतको कामले चार वर्षसम्म पनि गति लिन नसकेको विद्युत प्राधिकरणले जनाएको छ। तर, खनेका सडक सहमति बमोजिम प्राधिकरणले नबनाएको भौतिक पूर्वाधार मन्त्रालयको आरोप छ।
देवकोटाले प्रतिनिधिसभामा सदस्य संख्या १६५ र प्रदेशसभाको संख्या ३३० मात्रै कायम गर्न सुझाव दिएका छन्।
यूएई बहराइनलाई ८ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको विजेता बन्न भने यूएईले हङकङ र कुवेतबीच हुने खेल कुर्नुपर्ने भएको छ।
लगातार मूल्यवृद्धिले सर्वसाधारणलाई अत्यावश्यक सामग्री किन्नै मुस्किल पर्न थालेको छ। बालबच्चालाई विद्यालय भर्ना गर्न नसकेको धेरैको गुनासो छ। व्यापारमा कमी आउँदा साना व्यापारीको लयसमेत बिग्रिएको छ।
मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनका कारण मुलुक धराशायी बन्दै गएको बताएका छन्।
युक्रेनले रुससँगको युद्धका लागि ड्रोन उत्पादन तीव्र पारेको छ। साथै, ड्रोन आयातसम्बन्धी नियमलाई खुकुलो पार्दै यसका पार्टपुर्जा र उपकरणमा लाग्ने करसमेत छुट गरेको बीबीसीले जनाएको छ।
किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको हो। नाका नखुल्दा यहाँ चीनबाट खाद्यान्न आयात हुन सकेको छैन।