बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले साेमबार तीन वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाकाे फैसला गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।
मध्य तराईका थोरै क्षेत्रमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए।
आरआर क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न तीन विद्यार्थीलाई निष्कासित गरेको छ।
सत्तागठबन्धनमा भएको सहमतिअनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति बन्न सर्वोच्चमा मुद्दा खेपिरहेका पूर्वसभामुख अग्नि सापकोटादेखि अरू थुप्रै नेताले जोडबल लगाइरहेका छन्।
गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणको चाँडोभन्दा चाँडो प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्रपूर्वक छानबिन गर्न सीआईबीलाई निर्देशन दिएका छन्।
‘ए’ डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने निर्णय छ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा सम्पूर्ण पोलिटब्युरो सदस्यहरू एकमत रहेको बताए
डोटीको पूर्वचौकी गाउँपालिकाका भूकम्पपीडितले राहत पाएका छैनन्, चार महिनादेखि कर्मचारीले तलब र लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पनि पाएका छैनन्। यसको एउटै कारण हो प्रमुख प्रशासकीय अधिकृत नहुनु।
सेमिफाइनलमा आर्मीलाई ३-१ गोलअन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको छ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा पोलिटब्युरो बैठकले परिपक्व निर्णय गर्ने बताए।
गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न स्थानीय निकायलाई आग्रह गरेका छन्।
आईस्पानका अध्यक्ष सुधिर पराजुलीले विद्युत् प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी आफूखुसी पोलको भाडा ७०० प्रतिशत वृद्धि गरेको बताए।
जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।
पूर्वी नेपालमा हात्ती छेक्न बनाइएका विद्युतीय तारबारमा परेर हात्ती मर्ने क्रम बढेको छ। पछिल्लो पाँच महिनामा झापा, सुनसरी र उदयपुरमा पाँच वटा हात्ती मारिएका छन्।
गृहमन्त्री लामिछानेले नागरिकका गुनासो तथा समस्यालाई सधैँ उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन्।
आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्न परामर्श दिएका छन्।
बिग बास लिगमा ब्रिस्बेन हिट र सिड्नी सिक्सर्सबीचको खेलमा माइकल नेसेरले लिएको क्याचलाई लिएर विवाद उत्पन्न भएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर त्यहाँको काम–कारबाहीको विवरण लिएका हुन्।