AnonymousUser

Logout

प्रतितोला एक लाख दुई हजार ९०० पुग्यो सुनको मूल्य 

मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ।

एसईईमा उत्कृष्ट अंक ल्याउने १३ विद्यार्थीलाई चार लाख छात्रवृत्ति

कुश्मा नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने नगरभित्रका १३ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप झण्डै ४ लाख छात्रवृत्ति दिएको छ।

प्रधानमन्त्री दाहालद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल गर्नुपर्ने सुधारका विषयका चासाे राखेका छन्। 

समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्दै कांग्रेस, ३ बजे पत्रकार सम्मेलन  

नेपाली कांग्रेसले सरकारबाट बाहिरिएपछि आफ्नो धारणा सार्वजनिक गर्न पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ।

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते

इच्छाकामना- ३ का माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतंक मच्चाएको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले बताएकी छन्।

सरोज यादव एमाले मधेश प्रदेश संसदीय दलको नेता चयन

एमाले मधेश प्रदेश कमिटीको बैठकले सरोज यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको छ।

वायु प्रदूषण गराएको भन्दै १४ जना सवारीचालक कारबाहीमा

वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले ४३ वटा गाडीको  परीक्षण गरेको छ। 

यातायातको सेवामा बेथिति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ उपत्यकाका विभिन्न यातायात कार्यालयबाट प्रहरीले मंगलबार सात जना बिचौलियालाई पक्राउ गरेको छ।

पाँचथरको रानिटारमा आगलागी, २ जनाको मृत्यु, २ घाइते

पाँचथरको रानिटारस्थित मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी ममता गुरुङ र बुहारी आसानसिंह थेबेको मृत्यु भएको छ।

तराईमा बाक्लो हुस्सु, शीतलहर बढ्न सक्ने चेतावनी

नेपालगन्जदेखि पूर्वमा जनकपुरसम्म हल्का शीतलहर छ। नेपालगन्ज पश्चिम र जनकपुर पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर दिनभर नै हुस्सु लाग्ने सम्भावना छ।

राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल

राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको छ।

नेपाल टी-२० लिगबारे छानबिन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ, खेलाडीको पारिश्रमिकमा अनियमितताबारे छानबिन गर्न गृहमन्त्री लामिछानेले नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

सीमित डेरी उद्योगीले आफूखुसी दूधको मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका थिए।

देशभर ३ हजार मिटरब्याज पीडित, कार्यदल भन्छ- कारबाही गर्ने स्पष्ट कानून छैन

मिटरब्याज पीडितका समस्या समाधानार्थ सरकारद्वारा गठित कार्यदलले पीडितको न्यायका लागि नयाँ कानून निर्माण गर्नुपर्ने तथा केही कानून संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

जसपाले शक्ति बाँडफाँटलाई हेरेर सरकारमा जाने, नजानेबारे निर्णय लिने

जसपाले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर सरकारमा जानेबारे निर्णय लिने भएको छ।

एकीकृत समाजवादी : सरकारमा सहभागिताबारे निर्णय लिने जिम्मा सचिवालयलाई

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागिताबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सभामुखको निर्वाचन तथा सरकारको प्रभावकारिता बारे छलफल भएको छ।

मन्त्रालयको संख्या घटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरै मन्त्री बनाउँदा राज्यको आर्थिक बोझ बढ्नुका साथै जनतामाझ राजनीतिक व्यवस्था अलोकप्रिय हुने खतरा बढेको बताएका छन्।

‘सिस्टम’मा खराबी आउँदा रोकियो राहदानी वितरण

राहदानी विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन आग्रह गरेको छ।

पाठ्यपुस्तक छपाइका लागि कागज खरिद गर्ने अधिकार दिन जनक शिक्षाको माग

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले सरकारले सार्वजनिक खरिद नियमावलीमै व्यवस्था गरेर कागज खरिदको अधिकार दिए पाठ्यपुस्तक छपाइमा समस्या नआउने बताए।