एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको गठबन्धन सरकारले नै अर्थतन्त्र संकटको डिलमा पुर्याएको ओलीको आरोप छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारप्रति जनताको विश्वासमा अभूतपूर्व ढंगले ह्रास आएको बताएका छन्।
बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी सुतेकै अवस्थामा मृत भेटिएका छन्।
छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मेसिनको प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। वर्षा रोकिएकाले साँझसम्ममा सडक सञ्चालन हुनसक्ने बताइएको छ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ ११ गतेसम्मको समय तोकिएको छ।
लिगमा ३ खेल खेल्न बाँकी रहेको सिटीले १ खेल मात्रै खेल्न बाँकी रहेको आर्सनलसँग ४ अंकको अग्रता बनाएसँगै च्याम्पियन बनेको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनसहित जी–७ का नेताहरू सहभागी जापानको हिरोसिमामा जारी शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै चीनले तीव्र असन्तुष्टि जनाएको छ।
इडेड गार्डेनमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले १७५ रन मात्रै बनाएपछि अखनऊ रोमाञ्चक जीतसहित प्लेअफमा पुगेको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताका शपथ लिएका छन्।
चालु आर्थिक वर्षको १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।
सांसदहरूले परम्परागत नभई कार्यान्वयन गर्न सकिने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेका छन्।
अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रम देशलाई निर्देश गर्ने खालको नभएकाले त्यसलाई संसद्बाट पारित गर्न नहुने पार्टीको अडान रहेको एमाले अध्यक्ष ओलीको भनाइ छ।
अर्थ समितिको बैठकमा सांसद श्रेष्ठलाई अर्थमन्त्री महतले पुराना कुरा नदोहोर्याइ जिज्ञासा मात्रै राख्न भनेपछि दुई जनाबीच सवालजवाफ भएको छ।
मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्।
नेपाल भ्रमणको क्रममा रहेको एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको छ।
प्रधानमन्त्री दाहालले तीन दलबीच सदनलाई प्रभावकारी बनाउने र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि छलफल भइरहेको प्रस्ट्याएका छन्।
गत वर्ष शारीरिक अवस्थाका कारण सगरमाथा चढ्न नपाएका हरि बुढामगरले यस पटक सफल आरोहण गरेका छन्।