विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोग बढाउने र आयातित पेट्रोलियम पदार्थलाई नेपालमै उत्पादित विद्युत्ले प्रतिस्थापन गर्ने सरकारको नीति भए पनि त्यसका लागि आवश्यक पूर्वाधार तयार हुन सकेको छैन।
माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।
माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री दाहालले उत्पीडित जातिलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरूले ठूलो लडाइँ गरेको बताए।
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीले राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खानतलासी गर्दा थप ६ वटा वर्गीकृत दस्ताबेज बरामद गरेका छन्।
धनुषा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले हत्यामा संलग्न भएको आशंकामा तीन भारतीय र दुई जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि ५७ करोडभन्दा बढी खर्च भएको र झन्डै साढे १८ करोड तिर्न बाँकी रहेको जनाएको छ। तर यो ऋण फाउन्डेसनले चुक्ता नगरेसम्म भरतपुर महानगरले जिम्मा नलिने भएको छ।
कांग्रेस संस्थापन इतर समूहले पार्टीले स्पष्ट दृष्टिकोण राख्न नसकेको निष्कर्ष निकालेको छ।
रेमिट्यान्सबाट उत्पादन, निर्माण र रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानूनी समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए।
धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको छ।
कांग्रेस संस्थापन इतर समूहको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउने छ।
भोजपुरका विभिन्न उद्योगमा भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्।
सोनाम ल्होछारका अवसरमा आइतबार नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलसहित देशभर विविध कार्यक्रम आयोजना गरेका छन्।
मकाउमा विश्वभरबाट जुवा खेल्नका लागि धनाढ्य र सौखिनहरू पुग्ने गरेका छन्। तर कोरोना महामारीका कारण क्यासिनो उद्योग निकै प्रभावित भएको छ।
“दूधको बजार धेरै राम्रो छ। तर, उत्पादन बढ्न सकेको छैन”, गुल्मीकी शारदा भुसाल भन्छिन्, “पालिकाले यसमा ध्यान दिनुपर्छ।”
सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको हाईलक्स आइतबार बिहान साढे २ बजे रत्न राजमार्गको भेरी पुलनजिक दुर्घटनामा परेको छ।
गृहमन्त्री रवि लामिछानेले गठबन्धनबाट सहमति भएमा उपप्रधानमन्त्री हटाउन तयार रहेको बताएका छन्।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने बताएकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको कमलबिनायकस्थित बिजुक्छेँ निवासमा पुगेर नारायणमान बिजुक्छेँसँग भेटवार्ता गरेकी छन्।