जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित लगायत १० वटा अजेन्डामा छलफल हुँदै छ।
नेपाल एयरलाइन्सको उडानमार्फत यूएई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले पक्राउ गरेको हो।
भूभागका हिसाबले विश्वकै ठूलो र बढी जनसंख्या भएको एशिया महादेशका अधिकांश राष्ट्र अत्यधिक तापक्रम सहितको ‘हीटवेभ’ र भीषण बर्षाको घातक प्रभाव झेलिरहेका छन्।
कमनवेल्थ गेम्स फेडेरेसनले गतवर्ष अप्रिलमा भिक्टोरियालाई २०२६ को कमनवेल्थ गेम्सको आयोजना गर्न स्वीकृति दिएको थियो।
रोल्पामा संघबाट प्रप्त ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशबाट प्राप्त एक अर्ब दुई करोड १६ लाख ८३ हजार रुपैयाँ विकास बजेट खर्च भएको छ।
सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।
यसवर्ष थप एकसहित १३ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएका छन्। अवार्ड विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे शुरू हुने बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी छ। यसअघि सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न १० अजेन्डा तय गरेको थियो।
जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ। जर्मन सरकारका प्रवक्ता क्रिस्टिन होफमानले विश्वका निर्धन मानिसलाई द्वन्द्वको सिकार बनाउन नहुनेमा जोड दिएकी छन्।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यकारिणी बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ।
राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ।
गण्डकी र बागमतीका धेरै स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ।
नेपालले साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म सञ्चालन हुने छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ।
पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने प्रचलित कानून र निर्णयबमोजिम कारबाही गरिने महानगरले जनाएको छ।
समूह ‘बी’को खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपको समूह चरणबाटै बाहिरिएको छ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संलकनको लक्ष्य राखेकोमा लक्ष्यको ७२ प्रतिशत अर्थात् १० खर्ब १० अर्ब ३९ करोड मात्रै संकलन गर्न सकेको छ।