विश्व बैंकका अनुसार आयातमा लगाइएको प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलनका कारण सरकारी खर्च खुम्चिँदा यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुनेछ।
सरकारलाई निश्चित रकम तिर्ने गरी प्रमुख व्यापारिक नाकामा बनेका संरचना सन्चालनको जिम्मा निजी कम्पनीहरूलाई दिइएको छ। ती संरचनाको स्वामित्व लिएको सरकारी समिति भने अब नियामक निकाय भएको छ।
बुधबार छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँबाट धनगढीको भाडा ४४० रुपैयाँ घटेको छ। काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेर अधिकतम पाँच हजार ४९० कायम भएको छ।
नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने राष्ट्र बैंककाे प्रतिवेदनमा उल्लेख छ।
पाल्पाको रामपुर–५ मा १५ रोपनी जग्गा भाडामा लिएर १० जना युवाले उखुखेती थालेका छन्। रैथाने जातको संरक्षण गर्दै नगरपालिकालाई उखुमा आत्मनिर्भर बनाउने उनीहरूको योजना छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ।
सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।
नेपालका ठूला परियोजनामा १०० भन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्। ती परियोजनामा काम गर्ने चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या उल्लेख्य छ।
नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर फार्म छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले बागमती प्रदेशमा यो व्यवसायलाई सम्भावना भएको क्षेत्र मानेको थियो।
चालकदेखि इन्धन र अन्य खर्च गरेर नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनलाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता छ। जनशक्तिलगायतमा आत्मनिर्भर नहुँदा रेल सेवा घाटामा गएको रेल्वे कम्पनीले जनाएको छ।
तथ्यांकले पर्यटन क्षेत्र पुरानै लयमा फर्किंदै गरेको देखाए पनि पर्यटन प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै पहल हुन नसकेको व्यवसायीको गुनासो छ।
विश्व बैंकको अध्यक्ष डेभिड मालपासले अफ्रिकी देशलाई चीनले उपलब्ध गराएको ऋण चासो विषय बनिरहेको बताएका छन्।
आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिन्चोक दर्शन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बेमौसमी वर्षा, हावाहुरी र असिनाका कारण रुपन्देहीमा गहुँको उत्पादन चार प्रतिशतसम्म घट्नसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
मोरङको पथरी शनिश्चरे–२ का रुद्रमणि न्यौपानले चार वर्षअघि कागतीखेती थालेका हुन्। हाल उनले कागतीका दाना र बिरुवा बिक्रीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।
सर्लाहीको बागमती नगरपालिका–४ र १२ स्थित भरत तालमा नेपाल र भारतबाट दैनिक २०० हाराहारी पर्यटक आउने गरेका छन्। ताल निर्माणकै चरणमा रहे पनि पर्यटकका लागि ३१ वटा साना र एउटा ठूलो डुंगा सञ्चालनमा ल्याइएको छ
बागलुङका दुर्गम गाउँहरू सडक सञ्जालले जोडिएका छन्। सडक पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ।
बेलाबेलामा व्यवसायी साथीहरूले बैंकहरूको विरोध गरिरहनुभएको हुन्थ्यो। ‘बैंकहरूले पैसा खाए, लुटे, हामीलाई अप्ठ्यारोमा पारे’ भनिरहनुहुन्थ्यो। तर सडकमै आएको सम्भवतः पहिलोपटक नै होला।
बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँ रहेको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।