AnonymousUser

Logout

अर्थमन्त्री भन्छन्– करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका छन्।

निर्माण व्यावसायीले मागे अर्थमन्त्रीको राजीनामा 

काठमाडौँको माइतीघर मण्डलामा भेला भएका निर्माण व्यावसायीले ठेक्काको म्याद थप्नसमेत माग गरेका छन्। 

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

श्रममन्त्री भन्छन्– वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ

श्रममन्त्री शरत‍्सिंह भण्डारीले देशको परिस्थिति, रोजगारीको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देश विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए।

सुधिर बस्नेतले फिर्ता लिए मुद्दा, ओरेण्टल सहकारीको जग्गा बेचेर सर्वसाधारणको बचत फिर्ता गर्ने बाटो खुला

ओरेण्टल सहकारीले ४ हजार ३ सय बचतकर्ताको ३ अर्ब ५० करोड सावाँ फिर्ता गर्नुपर्ने देखिए पनि बस्नेतको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेशले सम्पत्ति बेचेर बचतकर्तालाई रकम फिर्ता गर्न रोकेको थियो।

साउनदेखि बैंकले आफू अनुकूल निक्षेपको ब्याज तोक्न पाउने

हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।

गुल्जार जोगबनीका कारण घट्दै विराटनगरको व्यापार, साउन १ देखि नाकामा कडाइ गरिने

जोगबनी बजारबाट सामान ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक नहुने कारण सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता किनमेलका लागि भारतीय बजार जाने गरेका छन्। 

नगरपालिका क्षेत्रमा एक वर्ष बचत तथा ऋण सहकारीको दर्ता र कार्यक्षेत्र विस्तार रोक्न सरकारी कार्यदलको सुझाव

बचतकर्तालाई निक्षेप फिर्ता गर्न नसकेका सहकारीले साना बचतकर्तालाई प्राथमिकता दिएर साउन १५ सम्म कार्ययोजना बनाई चैत मसान्तभित्र बचत फिर्ता दिने व्यवस्था मिलाउन कार्यदलले सरकारलाई सिफारिस गरेको छ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरूलाई बुधबारदेखि कोषमा आबद्ध गर्ने कार्यक्रमको शुभारम्भ गर्ने योजना थियो। तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण उक्त कार्यक्रम स्थगित भएको छ।

२० हजार २०० हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो। शुरू भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ। 

पेट्रोलियम पाइपलाइन: दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

 २०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल पनि पाइपलाइनबाट नै ल्याउने निगमको लक्ष्य छ। 

रेडियो फ्रिक्वेन्सीबाट उठेको रोयल्टी पहिलो पटक तीनै तहमा बाँडफाट हुँदै

अघिल्ला वर्षहरूमा रेडियो फ्रिक्वेन्सीबाट वार्षिक तीनदेखि साढे तीन अर्बका दरले रोयल्टी उठेको थियो। चालु वर्ष संकलित यस्तो रोयल्टी रकम आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहलाई बाँडिने छ। 

फोहरबाट मल उत्पादन गर्दै मध्यबिन्दु, किसानले सहुलियत मूल्यमा पाउने

संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको गरिनेछ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने नगरको अपेक्षा छ।

भारतबाट मुर्रा भैँसी, अमेरिका र अस्ट्रेलियाबाट घाँस!

एक वर्षअघि भारतको राजस्थानमा भएको  मेलामा एक हजार ५०० किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको थियो।

बिशाखापटनमबाट रेलमा नेपाल हिँडेका ५४० कन्टेनर बाटैमा अड्किए, व्यवसायी चिन्तित

एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरू अझै १० दिन अड्किने रेल्वे अधिकारीहरूले बताएका छन्।

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति २१ प्रतिशतले बढ्यो

मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतीका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकले आर्थिक परिसूचकहरू सकारात्मक देखाएको छ।

सोमबार झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको शेयर किनबेच

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

जेठ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएको राष्ट्र बैंकले जनाएको छ।

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको जनाएको छ।