AnonymousUser

Logout

पोखराको मासु पसल व्यवस्थित गरिँदै, मापदण्ड पूरा गरेकालाई एकै प्रकारका साइनबोर्ड

पोखरामा सानाठूला गरी करिब ६०० मासु पसल रहेको महानगरको तथ्यांक छ। सबै मासु पसललाई मापदण्डभित्र आउन समय दिइने र नआउनेलाई बन्द गराउने महानगरले जनाएको छ।

अर्थमन्त्री भन्छन्– केही वस्तु तथा सेवामाथिको कर गरिबलाई होइन, हुनेखानेलाई हो

सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि मन्त्री महतले वर्तमान अवस्था हेरी सन्तुलन कायम गरेर बजेट ल्याएको तर्क गरेका छन्।

नेप्सेमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

सन् २०२३ मा भित्रिए ४ लाख ७६ हजार पर्यटक

सन् २०१९ जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। 

श्री एयरलाइन्सका सबै उडान आइतबार स्थगित

शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्राविधिक समस्याका कारण फर्किएपछि श्री एयरलाइन्सलाई प्राधिकरणले सबै जहाजको चेकजाँच गर्न निर्देशन दिएको थियो। 

मुस्ताङ जाने विदेशी पर्यटकको छायामा बागलुङ

पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ। 

देशको अर्थतन्त्र बढाउने र आमजनताको पहुँच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री

शब्दजालभन्दा पनि आर्थिक वृद्धिलाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ छ।

असार १५ : गत वर्षको तुलनामा आधा पनि भएन रोपाइँ

गत वर्ष असार १५ गतेसम्ममा २५ प्रतिशत धान रोपाइँ सकिएकोमा समयमा पर्याप्त वर्षा नहुँदा यस वर्ष त्यसको आधा पनि रोपाइँ हुन सकेको छैन।

मल वितरणमा बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउने कृषिमन्त्रीको चेतावनी

कृषिमन्त्री डा. वेदुराम भुसालले बाँझो जमिन उपयोगका लागि कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग रहेको आरोप लगाएका छन्।

अर्थमन्त्री महतद्वारा राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८०’ पेश

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन्।

शैक्षिक परामर्श संघको अध्यक्षमा बस्नेत र निरौलाको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला छन्। दुवैले शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय धान दिवस मनाइँदै, साउनयता ३३ अर्बको धान/चामल आयात 

हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आए पनि नेपाल चामलमा परनिर्भर छ।

एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

एडीबीले आन्तरिक र बाह्य व्यापारको नीतिगत सुधार कार्यान्वयनका लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको जनाएको छ। 

कृषि अनुसन्धान परिषद्‍मा बेथिति: राजनीति हुन्छ, अनुसन्धान हुँदैन

कृषि अनुसन्धानको लागि स्थापित नार्कमा राजनीति बढी र अनुसन्धान कम हुँदा त्यसको असर कृषि विकासमा परिरहेको छ। कृषिमन्त्रीहरूको हस्तक्षेप र बजेट अभावमा नार्कले प्रभावकारी अनुसन्धान गर्नै सकेको छैन।

भक्तपुरमा रोजगार मेला हुँदै, दक्ष जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउने

जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै रोजगारी उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको मध्यपुरथिमि नगरपालिकाले जनाएको छ।

बैंकहरूमा थुप्रियो पैसा, असुली र निक्षेप बढ्दा ऋण माग्ने न्यून

अहिले २१ वटा वाणिज्य बैंकसँग करिब साढे ३ खर्ब लगानीयोग्य रकम छ। कुनै समय रकम अभावमा कर्जा प्रवाह गर्न नसकेका बैंकहरूले पैसा भएर पनि लगानी गर्न सकेका छैनन्।

गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा शुरू 

गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा मध्यपूर्वका देशसहित यूरोप, अमेरिका, जापानलगायत विभिन्न मुलुकका करीब ५०० प्रतिनिधिको सहभागिता छ।

खाद्य बाली उत्पादन बढ्दा फलफूल र मसला उत्पादन घट्यो: राष्ट्र बैंक

राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार दूध र मासु उत्पादन वृद्धि हुँदा अण्डा उत्पादन भने ठूलो मात्रामा घटेको छ।

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

प्रतिनिधिसभामा मत विभाजन हुँदा विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। विपक्षमा एमाले, रास्वपा, राप्रपालगायतले मत दिए।