कर्णाली प्रदेशका १० मध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। हुम्ला र मुगुलाई आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी वित्त व्यवस्थापनमा चुनौती देखिएपछि अनुदान रकम कटौती गर्ने निर्णय गरेको थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताएका छन्।
यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै नेपालमै उत्पादित तथा ‘एसम्बल’ भएका सवारीसाधन दर्तासम्बन्धी बाधा फुकाएको छ।
एडीबीको अनुदान सहयोगमा लुम्बिनी विकास कोषलाई प्राप्त विद्युतीय सवारी साधनमा हरियो नम्बर प्लेट राख्ने अनुमति भएपछि पर्यटक बोक्न पाउने भएका छन्।
मुख्य सडक खन्ने अनुमति नपाउँदा तार भूमिगतको कामले चार वर्षसम्म पनि गति लिन नसकेको विद्युत प्राधिकरणले जनाएको छ। तर, खनेका सडक सहमति बमोजिम प्राधिकरणले नबनाएको भौतिक पूर्वाधार मन्त्रालयको आरोप छ।
लगातार मूल्यवृद्धिले सर्वसाधारणलाई अत्यावश्यक सामग्री किन्नै मुस्किल पर्न थालेको छ। बालबच्चालाई विद्यालय भर्ना गर्न नसकेको धेरैको गुनासो छ। व्यापारमा कमी आउँदा साना व्यापारीको लयसमेत बिग्रिएको छ।
भूकम्प र काेराेनाले शून्यमा पुर्याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।
मंगलबार २६५ वटा कम्पनीको २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ।
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ लाई संशोधन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।
सोमबार २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ३३ हजार २१३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार ३९३ मा खुम्चिएको छ।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज, हिमालयन एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।
यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे तापनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएको छ।
धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो। बोर्डले दिएको समयसीमा आइतबार सकिँदै छ।
अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ।
अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।
अर्थमन्त्री महतले खर्च नगरे पनि हुने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुने बताएका छन्।
दैनिक ५ सयदेखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकले निक्षेपको ब्याज घटाएकाले बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।