AnonymousUser

Logout

नेप्से ८.१० अंकले बढ्यो, १ अर्ब २७ करोडको कारोबार

सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ।

तामाकोशी पाँचौँ जलविद्युत आयोजनामा लगानी जुट्यो, सञ्चय कोषसँग १३ अर्ब ७४ करोड ऋण सम्झौता

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँमध्ये सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ। 

सम्भावित ४२० खानी खोजतलासका लागि अनुमति

खानी तथा भूगर्भ विभागले खनिजजन्य उद्योग प्रवर्द्धनका लागि फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतालस गर्न अनुमति दिएको छ।

बेरुजु फर्स्योट प्राथमिकतामा परेन, अडिटरले निकाल्ने काम मात्रै हो भन्नेजस्तो भयो : महालेखापरीक्षक शर्मा

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु फर्स्योट प्राथमिकतामा नपरेको बताएका छन्। बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो भनेजस्तो भएको उनको भनाइ छ।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सरकारी कार्यालयको पुँजीगत खर्च १० महिनामा ३५ प्रतिशत

चालु आर्थिक वर्षको १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ।

व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।

अर्थमन्त्रीलाई सांसदको प्रश्न : संस्थागत हुँदै गएका बिचौलिया रोक्ने योजना के छ?

सांसदहरूले परम्परागत नभई कार्यान्वयन गर्न सकिने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेका छन्।

अर्थ समितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच सवालजवाफ

अर्थ समितिको बैठकमा सांसद श्रेष्ठलाई अर्थमन्त्री महतले पुराना कुरा नदोहोर्‍याइ जिज्ञासा मात्रै राख्न भनेपछि दुई जनाबीच सवालजवाफ भएको छ।

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड

कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ।

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ।

अनावश्यक कार्यालय खारेज गर्ने सरकारको घोषणा

कर प्रणालीमा पुनरावलोकन, पुँजीबजार विस्तार गर्न संरचनागत सुधार, योजना आयोगको पुनर्संरचना, मौद्रिक नीति र वित्तीय नीतिको तालमेल, तयार भएका आयोजनालाई मात्र बजेट विनियोजन लगायतका घोषणा सरकारले गरेको छ।

नीति तथा कार्यक्रममा पुँजीगत खर्च, राजस्व र उत्पादकत्व बढाउनेमा जोड

राजस्व चुहावट, हुन्डी र अवैध पुँजी र पुँजी पलायनलाई कडाइका साथ रोक्ने विषयमा नीति तथा कार्यक्रममा जोड दिइएको छ।

ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने

सरकारको नीति तथा कार्यक्रममा वातावरणलाई प्रतिकूल नहुने गरी ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने उल्लेख छ।

सुशासनमा सम्झौता गरिने छैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक, सामाजिक रूपान्तरणमा तीव्रता आएको र विकास निर्माणले गति लिएको बताएका छन्।

सरकारले छोटो अवधिमा उत्साहजन उपलब्ध हासिल गरेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजस्व चुहावटलाई कडाका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको बताए।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १० महिनामा ७६ करोड ठगी

अनुमतिप्राप्त म्यानपावरले मात्रै रोजगारीका लागि विदेशमा श्रमिक पठाउन पाउने व्यवस्था छ। तर, यसमा एजेन्ट र बिचौलिया सक्रिय रहेकाले ठगी बर्सेनि बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

अर्थतन्त्र, उत्पादनशीलता र विकासलाई लयमा फर्काउने अपेक्षा

राजश्वले साधारण खर्च समेत धान्न नसक्नेगरी राष्ट्रिय ढुकुटी रित्तिएको र मन्दीको मार खेपिरहेको निजी क्षेत्रलाई चलायमान बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने सरोकारवालाहरूको सुझाव छ।

गलत तथ्यांकमा आधारित भएर बजेट नल्याउन पूर्वमन्त्री खतिवडाको आग्रह

डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने विषय उठाइरहँदा सरकारले वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताएका छन्।

१० प्रतिशत ब्याज तिरे ऋण पुनर्संरचना गर्न सकिने 

पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जामा बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।