AnonymousUser

Logout

कृषिमा भविष्य देखेका धनकुमार: वार्षिक ५ लाखसम्म आम्दानी, ६ जनालाई रोजगारी

तरकारीले बजार नपाउँदा बारीमा नै कुहिएर जाने अवस्था रहेको धनबहादुरले बताए। बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने उनको भनाइ छ।

पेट्रोल प्रतिलिटर ५ र डिजेल–मट्टितेलको मूल्य १४ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ भने पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ महँगो भएको छ।

नेप्से ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा सीमित, २ अर्ब १५ करोडको कारोबार

मंगलबारको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

काठमाडौँमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ हुँदै

युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले काठमाडौँमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ आयोजना हुने भएको छ।

विमानस्थल बाहिरबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको सुन पगालेर तौल गर्दा ६० किलो ७१६ ग्राम भएको छ।

भारततर्फ निकासीले एक महिनामै ६ गुणा बढ्यो गोलभेँडाको मूल्य, किसानभन्दा विचौलियालाई लाभ

असार अन्तिमतिर ३० रुपैयाँ प्रतिकिलो खुद्रा मूल्यको गोलभेँडा साउन अन्तिम साता १८० रुपैयाँसम्म पुगेको छ। साउनमा नै भारततर्फ निकासी पनि उच्च भएको छ। तर बढेको मूल्यको नाफा भने विचौलियाले लिने गरेका छन्।

‘ब्रेक शु’ भित्रको ६० किलो सुन गालिँदै

यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ। 

अनावश्यक दायित्व सिर्जना गर्ने आयोजनाको ठेक्का तोडिन्छ : अर्थमन्त्री

सरकारलाई अनावश्यक दायित्व सिर्जना हुने गरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोड्ने अर्थमन्त्री महतको भनाइ छ।

ब्याजदर घटाउनेबारे अर्थमन्त्रीले गरे बैंकर्स संघसँग छलफल

छलफलका क्रममा बैंकको ब्याजदर कम हुँदै गए पनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेका थिए।

भन्सार कर्मचारीले सोच बदल्न जरुरी छ : अर्थमन्त्री

आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतको भनाइ छ।

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ३ अर्बको कारोबार

आइतबार सबैभन्दा धेरै निर्जीवन बीमा समूह २४१.५७ र होटल तथा पर्यटन समूह १०७.५० अंकले बढेका छन्।

अविरल वर्षाका कारण हवाई उडान प्रभावित

‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ र केही रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

मुग्लिन–पोखरा सडक विस्तार: दमौलीमा घर भत्काइँदै

यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा ३५० घरटहरा भत्काइसकिएको छ। जसको मुआब्जा २६ करोड रुपैयाँ निर्धारण भएको छ। 

अलैँचीको मूल्य बढ्यो, उत्पादन घट्यो

भोजपुरमा यसवर्ष अलैँचीको मूल्य प्रतिमन ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषकले बताएका छन्।

बँदेल र बाँदरबाट बाली जोगाउन मुस्किल

दैलेखका ११ वटै पालिकामा बाँदर र बँदेलले बालीनाली नष्ट गर्दै आएका छन्। तर, सरकारले न क्षतिको विवरण संकलन गरेको छ न त किसानलाई राहत दिने योजना नै बनाएको छ।

आईटी क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री महतको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा लगानी गर्नका लागि राम्रो अवसर रहेको बताएका छन्।

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल सञ्चालनको अनुमति दिएको छ।

महिला औद्योगिक पार्क कसैले रोक्न सक्दैन: अर्थमन्त्री

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको र यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने मन्त्री महतको भनाइ छ।

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

नेप्से ५.१३ अंकले बढ्यो, २ अर्बको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।