AnonymousUser

Logout

नेपाली समाजले बुझ्नै बाँकी ‘एलजीबीटीक्यूआईए प्लस’को पहिचान

समाजमा महिला र पुरुष मात्र नभई त्यसबाहेकको लैंगिक पहिचान पनि हुने विषय नेपाली समाजमा चर्चा हुन थालेको करिब दुई दशक भयो। 'एलजीबीटीक्यूआईए प्लस' भनेर चिनिने यो समुदायप्रति अझै लाञ्छना र भ्रम बाँकी छन्।

पुस ११–१३ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ।

नेपाली सेनाभित्र जन्ममितिमा विवाद नभएको प्रधानसेनापति शर्माको दाबी

नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएको शर्माको भनाइ छ।

एक महिनामै ७१ हजार नेपाली गए वैदेशिक रोजगारीमा, अहिलेसम्मकै धेरै

मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या सधैँ धेरै हुने तर यो वर्ष अहिलेसम्मकै धेरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले बताए।

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो।

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

यसअघि बुधबार बिहान संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो।

गाजा युद्धविराम वार्ताका लागि हमास नेता कायरो पुगे 

इजरायल र हमासबीच जारी युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधबार कायरो पुगेका हुन्।

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको हो।

पोखरा महानगरको फोहोर एक वर्षदेखि सेती नदी छेउमा निर्बाध बिसर्जन 

महानगरपालिका र स्थानीयबीचको विवादले केही समयअघि हप्तादिनसम्म फोहोर बिसर्जन रोकिएको थियो। यसबारे उच्च अदालत पोखरामा मुद्दासमेत पर्‍यो। तर अदालतको आदेशपछि पनि उही ठाउँमा फोहोर फालिँदै आएको छ। 

विकास निर्माणका काममा सरकारले नै अवरोध पुर्‍याउने गरेको छ: गगन थापा

नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरू गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।

राष्ट्रियसभा निर्वाचनका  लागि मतदाता नामावली स्वीकृत

यही पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

द्रुतमार्ग निर्माणमा ढिलाइबारे प्रधानसेनापति शर्माले भने– ४ वटा रुख काट्न ९ महिना लाग्ने झन्झट छ

बुधबार बसेकाे समितिको बैठकमा प्रधानसेनापति शर्माले निर्माण कार्य ढिलाइ हुनुमा सबै निकाय जिम्मेवार रहेको बताए।

सरकारका नियामक निकायलाई अख्तियारका ४८ सुझाव

आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखहरूलाई पनि विभिन्न ४६ वटा सुझाव दिएको छ।

डलर साटिदिने बहानामा लुटपाट: ८ आरोपित पक्राउ

डलर साट्ने नाममा लुटपाटका घटना भएको जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। लुटपाटमा सक्रिय रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको छ।

कर्मचारीले सरकारको तलब खाएर विदेशीका लागि ऐन बनाएः मन्त्री महतो

रुख उपयोग गर्न नपाइने भए वन ४५ प्रतिशतबाट ५० प्रतिशत पुर्‍याउनुको अर्थ नहुने भन्दै मन्त्री महतोले अहिलेको वन ऐनबाट नेपालको विकास हुन नसक्ने दाबी गरे।

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ बनाउने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य उद्योगले प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय गरेको छ। त्यसमा सरकारले ७० रुपैयाँ अनुदान दिने र किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ मूल्य प्राप्त गर्नेछन्।

चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

भग्नावशेषमा मानिसहरू पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ। 

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन 

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले अनुमोदन गरेको छ।

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ रहेको सुन बुधबार एक लाख १९ हजार रुपैयाँ पुगेको छ।

वडा सदस्यको लोभलाग्दो ड्रागनखेती

लिम्बूले ड्रागन फलको बजार नजिकै रहेको झापाको दमक बजार हो। सरदरमा प्रतिकिलो ४०० देखि ५०० रुपैयाँमा बिक्री हुन्छ।