AnonymousUser

Logout

निफको सातौँ संस्करण चैतमा, ४० देशका ८८ फिल्म देखाइने

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाइ छ। 

परिवारका सदस्यप्रति थिएन भरोसा, आफैँले गरे आफ्नो मृत्यु संस्कार

उनको परिवारका सदस्यहरू पनि मृत्यु भोजमा सहभागी थिए।

प्रधानमन्त्री कप : अंक तालिकामा पुलिस दोस्रो स्थानमा उक्लियो

कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो।

दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका छन्।

‘वाइडबडी’ जहाज बिग्रिएर अलपत्र परेका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पठाइँदै

जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। रोकिएका यात्रुलाई मंगलबार साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

कोरिया जान तम्तयार युवा भन्छन्– ‘कम खर्चमा गएर राम्रो कमाइ गर्न सकिने देश रहेछ’

आफू र आफ्नो परिवारको भविष्य बनाउने सपना लिएर कोरिया जान ‘बायोमेट्रिक’को लाइनमा उभिएका अधिकांश २५ वर्षमुनिका युवा छन्। कमाइ राम्रो हुनुका साथै सुरक्षित देशका रूपमा कोरिया रोजेको उनीहरूले बताए। 

चिकित्सक र कर्मचारी आन्दोलित भएपछि बीपी प्रतिष्ठानको सेवा प्रभावित

सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रिनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले बताए। 

महोत्तरी–जनकपुर रेलभित्र लडेर १ जनाको मृत्यु

लोहरपट्टी नगरपालिका–४ पिपराढीका ५० वर्षीय रामएकवाल पण्डितको रेलको बोगीभित्रै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

वीरगन्ज महानगरले तिरेन २७८ खानेपानी धाराको महसुल, लाइन काट्ने तयारी

सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको छ।

मेला लाग्न छाडेसँगै ओझेलमा हतुवागढीको ‘माइबेनी’

माइबेनीलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने हतुवागढी गाउँपालिकाको योजना छ।

काठमाडौँ उपत्यकाका ५३ वटा भवन र ४ पुल भूकम्पीय उच्च जोखिममा

अध्ययनले काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेको देखाए पनि सरकारले ती संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाएको छैन।

बागलुङमा गर्भवती र कुरुवाका लागि ‘प्रसूति प्रतीक्षा घर’

बागलुङमा वर्थिङ सेन्टर रहेका २२ स्वास्थ्य संस्थामा प्रसूति प्रतीक्षा घरको व्यवस्था गरिएको छ। जहाँ सुत्केरी र कुरुवालाई खाना खाने र बस्ने प्रबन्ध छ।

इराकस्थित अमेरिकी दूतावास नजिक विस्फोट, ४ जनाको मृत्यु

रिभोलुसनरी गार्डले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। विस्फोटपछि विमानस्थल बन्द गरिएको छ।

त्रिशूलीमा जिप खस्यो, गोताखोरको टोलीले खोज्दै

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट भारतीय नम्बरप्लेटको जिप त्रिशूलीमा खसेको छ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।

फिफा उत्कृष्ट खेलाडीको अवार्ड मेस्सी र बोनमाटीलाई

बोनमाटीले स्पेनलाई महिला विश्वकप र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्। 

उपेक्षित ग्रामीण अर्थतन्त्र उकास्ने कसरी?

एकीकृत बस्ती व्यवस्थापन तथा एकीकृत सेवासुविधामा जोड दिने हो भने ग्रामीण अर्थतन्त्रका धेरै चुनौतीहरू न्यूनीकरण हुन सक्ने देखिन्छ।

तराईमा हुस्सु, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।

टुँडिखेलमा ठेलमठेल हुँदा घाइते हुनेको संख्या १६ पुग्यो

घाइतेहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीको भनाइ छ।