एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो।
सात पटक बिहे गरिसकेकी उनी फेरि विवाहको प्रस्ताव आयो भने अस्वीकार नगर्ने बताउँछिन्।
गण्डकीले दिएको १२३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनायो। कर्णालीको जितमा हिमान्शु शाहीले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए।
जलविद्युत् समूहका पाँच कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।
नागरिकका लागि निर्बाध खुल्ला हुनुपर्ने खुल्लामञ्चमा विभिन्न बाहानबाजीमा पटक–पटक नयाँ संरचनाको आयोजना आउनु उचित नभएको अकुपाई टुँडिखेल अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।
मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताए।
एउटा टोलीले वर्षभरि कुरेर प्रधानमन्त्री कप खेल्थ्यो। धेरै टिम दुई म्याच खेलेर बाहिरिन्थे। अहिले प्रधानमन्त्री कपमा एक टोलीले कम्तीमा नौ खेल खेल्न पाउँछन्। तर यति मात्र पर्याप्त छैन।
निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारलाई आग्रह गरेका छ।
बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।
प्रदेशको नाम खारेजीका लागि आन्दोलन गरिरहेको 'प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति'ले इलाम–२ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ।
भक्का दिवसको अवसर पारेर झापाका भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा विजय प्राप्त नगरेसम्म युद्ध नरोकिने बताएका छन्।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरले तालिम दिन लागेको हो। यस योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम र पाँच हजारलाई रोजगारी दिने लक्ष्य छ।
कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।
घरेलु टोली न्युक्यासलमाथि जित हात पार्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ।
शुक्रबार र शनिबारका तीन वटै दुर्घटनामा मृत्यु हुने सर्वसाधारण भएकाले तिनको मृत्यु राज्यलाई मूल्यहीनझैँ लाग्छ। मृत्युका पछाडि कुनै भिड नभएकाले सरकारले कुनै छानबिन र राहतको घोषणा पनि गरिरहनु परेन।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानमा मुख्यतया सफा नै रहनेछ।
दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
चीनको हेनान प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा १० कामदारको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
पुलिसले बागमतीलाई ६८ रनले पराजित गर्दा रासिदले १०६ रनसँगै बलिङमा पनि दुई विकेट लिए। मधेश प्रदेशले कोशीलाई हराउँदा लुम्बिनीले गण्डकी प्रदेशमाथि चार विकेटको जित हात पार्यो।