कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन्।
फाइनलमा बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गर्दै रियलले उपाधि उचालेको हो।
डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन्।
आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन्।
सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएबाट यस्तो लाग्थ्यो– नैतिकताका प्रकाण्ड रक्षक परमेश्वर कतै आकाशको बादलभित्र लुकेर 'अनैतिक धर्तीवासी'को चियो गरिरहेका छन्।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ
गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
पर्व
नेपालीको चाड पर्वहरूमध्ये माघे संक्रान्तिमा तरुल, पिँडालुलाई विशेष खानेकुराका रूपमा लिइन्छ। संक्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डु बनाएर खाने चलन झनै प्रख्यात छ। यसैबीच काठमाडौँको असनलगायत मुख्य बजारमा घिउ, चाकु, तिलको लड्डु किन्ने उपभोक्ताको भिड लागेको छ।
भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्दा ठूलो संख्यामा निर्दोष नागरिकले ज्यान गुमाएकाले यस्ता वस्तुको प्रयोग प्रतिबन्धित गर्न मागसहित सर्वोच्चमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए।
क्वान्टम कम्प्युटर निर्माणसँग जोडिएका चुनौतीसँग जुध्न ग्रेफिन सेमिकन्डक्टरले सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।
तराईका जिल्लामा हुस्सु लागेर जाडो बढे पनि शीतलहर छैन। पश्चिमी वायुको प्रभाव रहेकाले सोमबारदेखि वर्षाको सम्भावना छ। वर्षाले जाडो बढे पनि त्यसपछि हुस्सुको प्रभाव घट्न सक्ने मौसमविद् बताउँछन्।
राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानूनी व्यवस्था छ।
रिट निवेदनमा संविधानले दिएको व्यवस्थाअनुसार राज्यका निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने माग गरिएको छ।
कानूनी अल्झनका कारण पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि बजेट अभाव भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ।
प्रतियोगितामा नेपालसँगै भारत, भुटान र बांग्लादेशको सहभागिता रहने छ। सम्पूर्ण खेल च्यासल मैदानमा हुने छन्।
रूरू गाउँपालिकामा पर्ने रूरूधामलाई स्थानीय अहिले पनि रिडी नै भन्छन्। रिडी नाम मगरको बसोबास र भाषासँग जोडिएको छ। तर रूरू भने वराह पुराणसँग जोडिएको नाम हो। यहाँ हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्छ।
संक्रमण भएमा श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक राम केसीले बताए।