AnonymousUser

Logout

काठमाडौँ महानगरमा कटन क्यान्डी बिक्री गरे २ लाखसम्म जरिबाना

नमूना परीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ पाइएकाले क्यान्डीको बिक्रीमा रोक लगाउनुपरेको महानगरको भनाइ छ। 

केराको थामबाट रेसा, कपडा र कार्पेट बनाउन प्रयोग गरिने

खेर गइरहेको केराको थामबाट रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ।

राममाया च्यामिनीलाई सम्झने कसले?

राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्‍याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।

एयरबसले भारतमा हेलिकप्टर ‘एसेम्बली लाइन’ खोल्ने

दुई वर्षभित्र सञ्चालनमा आउने एसेम्बली लाइनले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकलाई एसेम्बल र परीक्षण गर्ने र भारत तथा छिमेकी मुलुकमा ग्राहकलाई हेलिकप्टर प्रदान गर्नेछ। 

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीको उच्च पहाडमा हिमपातको सम्भावना

देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

विमानस्थल घटनाबारे छानबिन गर्न समिति गठन

त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटना छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।

फरार नगरप्रमुखलाई खोज्न ‘रेड नोटिस’ जारी

नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० सेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

यू१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै ‘सुपर सिक्स’मा नेपाल

नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’मा पुगेको छ।

मोरङमा भेटिएको हिउँचितुवालाई उपचारपछि वासस्थानमै छोडिने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हिउँचितुवा मोरङको उर्लाबारीसम्म कसरी आइपुग्यो भन्ने विषयमा सीआईबी लगायतका निकायको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ।

‘ग्याङ्स अफ वीरगन्ज’ मा बदलाको हतियार बनेको ‘नागरिकता काण्ड’

वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र उनका पुराना प्रतिद्वन्द्वी मोहम्मद सहाबुद्दिनबीच दशकौँदेखि चलेको बदलाबाजीले पल्टा खाएको छ। पहिले सहाबुद्दिन र अहिले सिंहलाई तनाव दिने ‘नागरिकता काण्ड’को नालीबेली:

गाजामा ‘नरसंहार’ रोक्न इजरायललाई अन्तर्राष्ट्रिय अदालतको आदेश

अन्तर्राष्ट्रिय अदालतले नरसंहारको मुद्दाबाट बाहिर नहट्ने जनाएको छ।

उकालो साप्ताहिक ब्रिफिङ : मिडियाको संकट, बाँसबारीको अन्योल

यो साता उकालोमा महासंकटमा मिडिया, बाँसबारी जग्गाबारे १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार, मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता, विद्यालय शिक्षा विधेयकमा सांसदका १७५२ संशोधन सहितका खबर चर्चामा रहे

क्लोपले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

जर्मन प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन्।

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए

माओवादी केन्द्र संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको शुक्रबार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए।

एपीएफलाई पराजित गर्दै पुलिस आहा रारा गोल्डकपको क्वार्टरफाइनमा

एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ।

कटन क्यान्डीमा अखाद्य रङ ‘रोडामाइन बी’ प्रयोग, नखान आग्रह

विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत अनुरोध गरेको छ।

जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

जापानमा जनवरी १ मा गएको भूकम्पमा परी कम्तिमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने सरकारी अधिकारीले बताएका छन्।

बाँसबारी जग्गा प्रकरण : २५ प्रतिशत शेयर अरुण चौधरीले किनेको भेटिएपछि पक्राउ गरियो– सीआईबी

सीआईबीले चौधरीले च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता गरेपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताएको छ।

सांसद भन्छन्– ऐतिहासिक दस्ताबेज नष्ट गर्नेमाथि राष्ट्रद्रोहसरह मुद्दा चलाऊँ

सांसदहरूले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेज नष्ट गर्नेविरुद्ध राष्ट्रद्रोहसरहको मुद्दा चलाएर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

धार्मिक राजनीतिको ‘प्रताप’ले दोहोरो भूमिकामा अयोध्या नरेश राम!

यी बहुरंगी पार्टीहरूले जनतामाथि शासन गर्ने एक मात्र उद्देश्यले चुनाव भनिने रामलीलामा ‘अनुमान चालिसा’ पढ्दै एकार्काको चर्को विरोध गर्ने गर्छन्। यस्तो कर्मकाण्डलाई घोषणा-पत्र भन्ने गरिन्छ।