कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसका ओपनर दिलीप नाथले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए।
शुक्रबारको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो। जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो।
नेपाल र अफगानिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यस खेलमा जसले जिते पनि सुपर सिक्समा स्थान बनाउने छन्।
कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आंगिक गरी नौवटा क्याम्पसमा ५६० जना विद्यार्थी भर्ना भएका छन्। गत शैक्षिक सत्रमा ४२६ जना मात्रै थिए।
सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो। त्यहाँ पुग्न पनि एक दिन पूरै लाग्ने गर्थ्यो। अहिले गाडीमा ४५ मिनेटमा पुगिन्छ। सडक यातायातको पहुँचसँगै निसी गाउँ सुगम बनेको छ।
जीडीपीमा करिब १० प्रतिशत योगदान रहेको आवास सेवाको उपभोग र घर जग्गाको कारोबार आर्थिक प्रणालीभन्दा बाहिरबाट बढी भइरहेको अध्ययन प्रतिवेदनको ठहर छ। अनौपचारिक अर्थतन्त्र बढ्दा सरकार जनताबाट टाढिन पुग्छ।
अनौपचारिक अर्थतन्त्र बढ्दा सरकार जनताबाट टाढिने हुन्छ। जीडीपीमा करिब १० प्रतिशत योगदान रहेको आवास सेवाको उपभोग तथा घरजग्गा कारोबार आर्थिक प्रणालीभन्दा बाहिरबाट बढी भइरहेको अध्ययन प्रतिवेदनको ठहर छ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका छन्।
बाँके नरैनापुरका किसानका लागि २०० बोरा मल संघीय सरकारबाट अनुदानमा प्राप्त भएको थियो। त्यसमध्ये १३० बोरा मल हराएको छ।
किसानले आफ्ना उत्पादनका क्रेट नै सडकमा फालेका छन्। आन्दोलनका कारण सडक सडक ठप्प भएको छ।
नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।
पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको छ।
विश्वका कम विकसित ११० देशमा एक अर्ब १० करोड मानिस बहुआयामिक रूपमा गरिब छन्, जसमध्ये एक तिहाइ त दक्षिण एशियामा मात्र छन्।
मनरुपा २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भइन्। त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेकी थिइन्।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।
उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ।
उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ।
विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सांसदहरूले विधेयक संशोधनका लागि दर्ता गरेका एक हजार ७५२ मध्ये झन्डै आधा अर्थात् ७०० भन्दा बढी प्रस्ताव शिक्षाको गुणस्तर वृद्धिमा नभई शिक्षकका सेवा सुविधा विस्तार र व्यवस्थापनमै केन्द्रित छन्।