AnonymousUser

Logout

भौतिक पूर्वाधारसचिव भन्छन्– बजेटको सिलिङ नबढाए नयाँ काम गर्न सकिँदैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।

राष्ट्रिय अभिलेखालयबाट चोरिएको १ हजार वर्ष पुरानो ‘गाताचित्र’ ५४ वर्षपछि घर फर्किंदै

राष्ट्रिय संग्रहालयबाट चोरिएका यी सम्पदा बेल्जियमका एक संग्रहकर्ताबाट फिर्ता लिन सफल एआरआईका संस्थापक क्रिस्टोफर ए. मारिलेनोले शुक्रबार ब्रसेल्सस्थित नेपाली दूतावासमार्फत नेपाललाई जिम्मा लगाउँदैछन्।

छिमेकी पहिलो प्राथमिकतामा: परराष्ट्रमन्त्री

नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने परराष्ट्रमन्त्री साउदको भनाइ छ।

‘डीपीआर’मै सीमित गण्डकीमा खेल पूर्वाधार

गण्डकीमा लाखौँ रुपैयाँ खर्चेर डीपीआर बनाइए पनि निर्माण शुरू नभई खेल पूर्वाधार अलपत्र परेका छन्। तर कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।

रोजगारीका लागि कुवेत भनेर कोलम्बो पठाउने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्‍याई मानव बेचबिखनमा संलग्न एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति पुर्‍याउने व्यक्तिबाटै पूर्ति गर्ने प्रणाली आवश्यक : प्रधानमन्त्री

सबैभन्दा ठूलो चुनौतीका रूपमा समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको प्रधानमन्त्री दाहालले बताएका छन्।

पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमाले सांसद घिमिरेको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्य विमला घिमिरेले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई निःशर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

भारतको मध्य प्रदेशमा सवारी दुर्घटना: १५ जनाको मृत्यु

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।

तराई–मधेशमा पिउने पानी र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले चुरे दोहन रोक्न, जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउन आग्रह गरिन्।

बाँसबारीको जग्गा फिर्ता ल्याउन सरकारले शुरू गरेको प्रक्रिया रोक्न चौधरी समूह सर्वोच्चमा

मालपोत कार्यालयले जग्गा फिर्ता ल्याउने प्रक्रियाअन्तर्गत २१ दिने पत्र काटेपछि सीजी चाँदबाग रेसिडेन्सी प्रालि त्यसलाई रोक्न माग गर्दै सर्वोच्च पुगेको हो। सर्वोच्चले तत्काल यसमा सुनुवाइ अघि बढाएको छ।

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखन प्रशिक्षण सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो।

औषधि उत्पादन र व्यापार दुवै घटेपछि संकटमा सिंहदरबार वैद्यखाना

वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको छ।

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन टेन्डर आह्वान

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।

माइजोमाईमा हिमाल हर्दै रमाउने पर्यटकको चहलपहल

तुम्लिङसहित नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरी इलामको लेकाली क्षेत्र नेपाल भारत–सीमामा पर्ने पर्यटकीयस्थल हुन्। यहाँ नेपालसहित भारत, भुटान, बंगलादेशलगायत देशबाट पर्यटक आउने गरेका छन्। 

रामेछापका सामुदायिक विद्यालय: सुविधासम्पन्न भौतिक संरचना, विद्यार्थी भने घट्दो

विद्यालय भवन आकर्षक बने पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँ महानगरमा २ लाख करदाताले तिर्दैनन् कर, बहाल कर नतिर्ने धेरै

दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी छ। उक्त रकम १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ।  

वैदेशिक रोजगारी: ‘रेमिट्यान्स’को बदलामा सुरक्षा र आत्मसम्मान

रोजगारका निम्ति नेपालीहरू बिदेसिने क्रम नौलो भने होइन, भलै अहिले पहिले कहिल्यै नेपाली बिदेसिएका थिएनन् झैँ भाष्य निर्माण गर्न खोजिँदैछ।

कोशी र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिक जियायुबाट १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

सीजी चाँदबागले मालपोतमा बुझायो फाइल, अध्ययन गरेर प्रक्रिया अघि बढाइने

भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिनभित्र उपस्थित हुन आग्रह गरेको अन्तिम दिन सीजी चाँदबाग रेसिडेन्सी प्रालीले आफूसँग भएका कागजात बुझाएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।