विवादमा पर्ने गरी महानगरले हाँगा छिमलेको चौताराका रूखहरू १०० वर्ष पुराना हुन्। वर–पिपल संरक्षण गर्न प्रदेश सरकारले पाँच वर्षअघि नै ऐन बनाए पनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा चौताराहरू मासिँदै छन्।
राजनीतिक रूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ थियो।
आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।
सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालवाहक सवारीसाधन बुलबुलेमा रोकिएका छन्।
पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन्।
शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्।
उनको नेतृत्वमा सायकोटका अन्य स्थानीयको जग्गामा रहेका झाडी तथा रूख हटाउने कार्यले तीव्रता पाएको छ। अहिले सायकोट क्षेत्रको ५०० रोपनी भन्दा बढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको हो।
सरकारले आफूहरूबाट गैरकानूनी रकम असुल्न खोजेको आईएसपी कम्पनी सञ्चालकहरूको आरोप छ। मन्त्रालयका अधिकारीहरू भने अदालत गएपछि तिर्न बाध्य हुनुपर्ने निश्चित देखेर कम्पनीहरू कानूनी उपचारमा नगएको दाबी गर्छन्।
चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको छ। चराको अनुसन्धान गर्नेका लागि यो तालको विशेष महत्त्व छ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ।
बिरामीलाई बलात्कार गरेको अभियोगमा इजिप्टका एक डाक्टरलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय दिने निर्णय गरेको हो।
घरेलु हिंसाबाट आठ हजार २१४ जना पीडित भएका छन्। त्यसमध्ये सात हजार ४०१ महिला र ८१३ जना पुरुष छन्।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच मार्च ९ देखि १३ सम्म त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ। नेपालले सिरिजको पहिलो खेल मार्च १० मा हङकङसँग खेल्नेछ।
टिम्स कार्ड कार्यान्वयनमा आए पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ।
गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलालाई पनि रिहा गर्नुपर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन।
तीन दशकभन्दा लामो समयपछि पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाएका छन्। किसान आर्थिक रूपले सबल र आत्मनिर्भर मात्रै होइन मेहनती र उद्यमशील पनि बनेका छन्।
शनिबार राति टोटेनहामले क्रिस्टललाई ३–१ ले पराजित गरेको हो। यस जितसँगै टोटेनहाम ५० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।
अख्तर एउटा अन्तर्वार्तामा भन्छन्, “आजभोलि त्यस्ता चरित्र/पात्र लेखिँदैनन्। किनकि ती पात्र विगतमा जसका विरुद्ध संघर्ष गर्थे अहिले आफैँ त्यही बन्न चाहन्छन्।”
दिउँसो, देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी उद्योगीहरूले चैत २१ गतेसम्म गरिसक्नेसहित पाँचबुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए।
प्रहरीले चितनवमा छात्रा मृत भेटिएको घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ।